रामेछाप ५ जेठ । संस्थाको ११ औँ वार्षिकोत्सव अवसरमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड जिल्लाको एक मात्र संस्कृत माध्यमिक विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । उसले विद्यालयमा आवासीय रूपमा रहेर कर्म काण्ड विषयमा अध्ययनरत छात्रहरूका लागि सहयोग स्वरूप उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख बद्री सुवेदीले सहयोग स्वरूप विद्यार्थिहरुका लागि ४ महिना सम्म पुग्ने चामल,तेल,नुन,दाल,साबुन लगायतका खाद्यान्न सामाग्री विद्यालयलाई सहयोग गरेको छ ।
शुक्रवार विद्यालयमा आयोजित औपचारिक कार्यक्रमका बिच रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले विद्यालयलाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । आईएमईको खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै प्रमुख न्यौपानेले आईएमईले सामाजिक क्षेत्रमा पनि काम थालेर राम्रो काम गरेको भन्दै उसको कामको प्रशंसा पनि गरे । उनले नगरपालिकाले पनि संस्कृत भाषाको संरक्षण गर्ने नीति लिए अनुसार कर्म काण्ड तथा संस्कृत पढिरहेका विद्यार्थीहरूलाई सहयोग गर्ने योजना बनाएको पनि बताए ।
सो अवसरमा वडा नं ८ का वडाध्यक्ष सन्तोष तामाङले यस खालका सुकर्मले पछिल्लो समय नागरकीले लघुवित्त संस्थालाई हेर्ने दृष्टिकोणमा फरकपन देखिँदै आएको बताए । कार्यक्रमका अवसरमा विद्यालयका प्र अ नारायण प्रसाद घिमिरेले हरुले लघुवित्त संस्थाले विद्यालयलाई गरेको कामबाट उसको संस्थागत विकासमा पनि टेवा पुग्ने भन्दै संस्थालाई धन्यवाद पनि दिएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया