Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 मन्थलीमा सञ्चालित उर्जाध्यान र योग शिविरको समापन

नेपाल अभियान नेपाल अभियान
८ असार २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ८  असार । मन्थलीमा एक हप्ता सम्म सञ्चालन गरिएको नवौँ अन्तर्राष्ट्रिय योग दिवसलाई आज विधिवत्  समापन गरिएको छ । एक हप्ता अघि नवौँ अन्तर्राष्ट्रिय योग दिवसका दिन जिल्ला आर्युवेदीक कार्यालयको हलमा आरम्भ गरिएको उक्त योग शिविरको समापन जीवन विकाश विशेषज्ञ जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा प्रवचन र योगाभ्यास बाट गरिएको हो  । 

सो अवसरमा एलपी भानु शर्माले जीवनलाई ऊर्जा र ध्यानमा जोड्नका लागि शिविरले सार्थकता पाउने दाबी गर्दे मानव जीवनको सकारात्मक परिवर्तनका लागि पनि ऊर्जा योग र ध्यान आवश्यक पर्ने बताउनु भयो । उहाँले नित्य बिहानी सँगै गरिने योग र ध्यानबाट ऊर्जा प्राप्त हुने भएकोले यसको व्यक्तिगत र  संस्थागत विकासमा ध्यान दिन सबैलाई आग्रह गर्नु भयो ।

योग शिविरले हरेक व्यक्तिलाई योग र प्राणायाममा जोड्दै आरोग्ययता र भाइचाराको सम्बन्ध मार्फत समुन्नत समाजको निर्माणमा सहयोग पुर्‍याउने भएकोले पनि योग र प्राणायामलाई मानव जीवनका मुख्य कडीका रूपमा बुझ्न पनि उहाँले आफ्नो प्रवचनका क्रममा बताउनु भयो । उहाँले नियमित गरिने ऊर्जा र ध्यानले मानिसलाई अस्पताल धाएर औषधि सेवन गर्नु पर्ने समस्या बाट मुक्ति दिलाउने दाबी गर्दे यसको महत्वलाई बुझ पनि सबैलाई आग्रह गर्नु भयो ।  

शिविर समापनको प्रमुख आतिथ्यता बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले गर्नु भएको थियो । सो क्रममा उहाँले मानव जीवनलाई जीवन विज्ञान र आध्यात्मिक विज्ञान सँग जोड्न सके समृद्ध समाजको परिकल्पनाले सार्थकता पाउने बताउनु भएको थियो । त्यसका लागि  सबैले आफूबाटै अभियानको सुरुवात गर्न पनि सांसद श्रेष्ठले आग्रह गर्नु भयो ।

जिल्ला स्तरीय मूल समारोह समितिकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले  अध्यक्षतामा कार्यक्रम समापन्न भएको थियो । सो अवसरमा प्रजिअ निरौलाले ऊर्जा र ध्यानको सहि प्रयोग र त्यसको निरन्तरताका लागि सबैको ध्यान जानु पर्ने बताउनु भयो  । कार्यक्रमा मन्थली र रामेछापका नगर प्रमुख हरूले पनि योग अभ्यासको फाइदा र महत्वका बारेमा चर्चा गर्नु भएको थियो ।

सप्ताह व्यापी कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय रामेछाप,मन्थली नगरपालिका,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, व्रम्हाकुमारी राज योग सेवा केन्द्र,पतन्जली योग समिति रामेछाप जिवन विज्ञान समितिको संयुक्त आयोजनामा भएको थियो । 

सप्ताह व्यापी अभियानको समापन भएपनि उक्त हलमा विहान ४ बजेर ३० मीनेट देखि  दैनिक रूपमा गरिने  योग ध्यान र प्राणायाममा सबैलाई सहभागि भएर भरपुर फाईदा लिन पनि  अभियानका अगुवा एवं योग प्रशिक्षक जगन्नाथ दाहालले सबैलाई आग्रह गर्नु भयो । 

Share16Tweet10Share3

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

८ असार २०८०, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

८ असार २०८०, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

८ असार २०८०, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

८ असार २०८०, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

८ असार २०८०, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

८ असार २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.