Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरले ल्यायो १ अर्ब ४ करोड बढीको बजेट

नेपाल अभियान नेपाल अभियान
११ असार २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,११ असार । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि आफ्नो नीति तथा कार्यक्रम मार्फत आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । उसले आगामी वर्षका लागि १ अर्ब ४ करोड बढीको बजेट सार्वजनिक गरेको हो ।उक्त बजेट चालु आवको भन्दा  घटाएर ल्याएको बजेट  हो ।

आइतबार सम्पन्न सभामा उपप्रमुख ईश्वरी बस्नेतले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । विनियोजन गरिएको बजेटमा चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार छुटाइएको उल्लेख छ ।

जस अन्तर्गत पुँजीगत तर्फ ५८ करोड ६१ लाख रुपैयाँ रहेको पनि उपाध्यक्ष बस्नेतले आफ्नो बजेट भाषणमा सुनाएकी थिइन् । 

त्यस बाहेक उपप्रमुख बस्नेतले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई समेत मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेकी हुन् । 

 त्यसैसरि  ‘एक वडा एक उत्पादन’ व्यावसायिक खेतीलाई प्रोत्साहन, दूधमा दिइँदै आएको प्रति लिटर दुई रुपैयाँ अनुदानलाई बढाएर २ रुपैयाँ ५० पैसा पु¥याउने, सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था, सबै वडामा गुणस्तरीय सेवा प्रवाह गर्ने उल्लेख छ । 

त्यस्तै आधारभूत तहका विद्यालय उमेर ५–१२ वर्षका सम्पूर्ण बालबालिकालाई विद्यालयमा ल्याउने, टिकाउने र सिकाउने वातावरण सिर्जना गरी भर्नाको सुनिश्चित गर्ने, छोरीको जन्मलाई प्रोत्साहित गर्न छोरी बचत प्रोत्साहन, विद्यालयमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन नीतिलाई प्रभावकारी बनाउने, कक्षा ६ देखि ८ सम्म अङ्ग्रेजी, गणित र विज्ञान विषयका न्यूनतम शिक्षक दरबन्दीको सुनिश्चित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

 कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ, १४ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको उपस्थितिमा 

 उक्त सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा केही नयाँ र अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको कुरालाई पनि समावेश गरिएको छ  । 

Share14Tweet9Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ असार २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ असार २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ असार २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ असार २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ असार २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

११ असार २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero