Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 गोकुलगंगाको बजेट ७४ करोड ४२ लाख 

नेपाल अभियान नेपाल अभियान
११ असार २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ११ असार  । जिल्लाको गोकुलगंगा गाउँपालिकाले आइतबार एक औपचारिक कार्यक्रमका बिच  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उसले आफ्नो १३ औँ अधिवेशन मार्फत  आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । 

कार्यक्रमका अवसरमा गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्कीले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । जसअनुसार प्रस्तुत बजेटमा  सङ्घीय सरकारबाट ५८ करोड ९८ लाख ३५ हजार ७ सय, बागमती प्रदेश सरकारबाट ८ करोड ९७ लाख ३५ हजार ७ सय २५ रुपैयाँ र आन्तरिक स्रोततर्फ जलविद्युत रोयल्टीबाट ५ करोड ५० लाख तथा विभिन्न कर शुल्क लगायतबाट ४ करोड ३७ लाख ७ सय गरी ९ करोड ८७ लाख २१ हजार ७ सय ७५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटले  पुँजीगत खर्चमा वृद्धि र गुणस्तरीय पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा समेटेको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले पालिकाले आगामी आर्थिक वर्षका लागि सुशासन,सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्चमा वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्ट्राचार नियन्त्रण, उत्पादन र रोजगारीमा वृद्धि, पर्यावरणीय सन्तुलन जस्ता विषयहरू प्रमुख प्राथमिकतामा राखेको जानकारी पनि दिनु भयो ।

यसै गरी वहाँले आफ्नो नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्दै सबै खाले अनियमितता, भ्रष्ट्राचार, कर छली, कृत्रिम अभाव कालो बजारी, व्यावसायिक एकाधिकार जस्ता क्रियाकलापलाई निस्तेज पार्नका लागि पालिकाले सबै खालको उपाय अवलम्बन गर्ने जानकारी पनि गराउनु भयो ।

त्यसैसरि जनताबाट आउने गुनासोलाई प्रभावकारी रूपमा सुनुवाइ गरी उचित दण्ड सजाय र कानुनी उपचार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैसरि कृषि तर्फ  गाई भैँसी पालनको कामलाई प्रोत्साहन गरी  दूधजन्य पदार्थको खपत र बजारीकरणका लागि  ‘कोल्ड ड्रिङस भगाऊँ, दही मोही खाऊँ ’को नारालाई सार्थक बनाउन  गाउँपालिका भित्रने चिसो पेय पदार्थको आयातलाई बिस्तारै निरुत्साहित गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसै गरी, नीति तथा कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरूमा समेत गुनासो सम्बोधनका लागि गुनासो सुन्ने अधिकारी तोकी मोबाइल गभर्नेन्सको व्यवस्थाका साथै हेलो स्थानीय सरकार सञ्चालनको व्यवस्था मिलाइने, सर्व सुलभ र गुणस्तरीय शिक्षाको अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाउन विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्ने कामलाई पनि प्रोत्साहन गरिने छ । 

 बढ्दो शैक्षिक बेरोजगारीलाई न्यूनीकरण गर्न तथा हाम्रो स्कुल राम्रो स्कुल अभियान अन्तर्गत विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी न्यून रहेका सामुदायिक विद्यालयहरूमा स्वयम सेवक शिक्षकको रूपमा विषयगत दक्ष शिक्षकको व्यवस्था मिलाइ विद्यालय सञ्चालन र पठन पाठनको प्रबन्ध मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैसरि स्वास्थ्य संस्थामार्फत सबै वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सहितको स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै अशक्त: असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

गोकुलगंगा गाउँपालिकाले ‘युवासँग स्थानीय सरकार– हुने छैनन् बेरोजगार’ अभियान अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम र निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादनसँग प्रत्यक्ष जोडिने खालका रोजगार, उद्यमशीलता र सीप विकास तालिम सञ्चालनको व्यवस्था मिलाइने छ ।

 साथै निजी एवम् खाली पर्ती जग्गामा कृषि खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गरी रोजगारीको व्यवस्था मिलाइने, हाम्रो उत्पादन हाम्रो अभियान अन्तर्गत एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र नीति मार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको आधारशिला निर्माण गरिने छ ।

त्यसैसरि गाउँपालिकाभित्र रहेका पाँच पोखरी जट्टापोखरी, ताँबेडाँडा, भिमसेनथान, बोहोरीगंगा, शिवालय जस्ता ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक स्थलहरूलाई धार्मिक पर्यटन सँग जोड्दै सङ्घ, प्रदेश र निजी क्षेत्रसँगको सहकार्यमा ‘हाम्रो सम्पदा राम्रो सम्पदा’  कार्यक्रम सञ्चालन गर्ने नीति पनि पालीकाले  लिएको छ । साथै पालिकाले यसअघि कार्य सम्पन्न नभएका पुराना कार्यक्रमहरूलाई पनि निरन्तरता दिने नीति लिएको छ ।

गाउँभामा प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा, सबै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू र सदस्यहरू तथा सञ्चारकर्मीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । 

Share14Tweet9Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ असार २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ असार २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ असार २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ असार २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ असार २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

११ असार २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero