
रामेछाप ,११ असार । रामेछापमा सञ्चालित एक दर्जन भन्दा बढी लघुवित्त संस्थाहरूले सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले प्रधानमन्त्रीको कार्यालयलाई सम्बोधन गरी प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत लघुवित्त संस्थाहरूको सुरक्षाको माग गर्दे ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो समयमा लघु वित्तहरूको विरुद्धमा पूर्वाग्रही ढङ्गले आक्रमण गर्ने गलत नियतका साथ केही अवाञ्छित समूहले लघु वित्तीय विरुद्धको सङ्घर्ष समिति नामक अवैध समूह खडा गरी सुनियोजित तरिकाले कार्यालयहरूमा ताला लगाउने, कार्यालयको नियमित काममा अवरोध पुर्याउने र धम्क्याउने सम्मका काम गर्दे आएको पनि उल्लेख गरिएको छ ।
त्यसैगरि संस्था र उसका कर्मचारीहरू विरुद्ध अनर्गल प्रचार प्रसार गरी कार्यालयका कतिपय स्टाफहरूलाई गालीगलौज तथा हातपात र रकम लुटपाट गर्ने सम्मका काम गर्दे सदस्यहरूलाई सेवा उपयोगमा समेत अवरोध गर्दै आएको कुरा पनि आफ्नो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरि त्यस्ता अराजक काममा संस्था बाट नियमानुसार ऋण लिएर तिर्न नचाहने,मादक पदार्थ सेवन गरी हो हल्ला गर्दे हिड्नेहरुले अनाबश्क जत्था खडा गरी अराजक मच्चाउने जस्ता गैर कानुनी गतिविधि समेत गर्दे आएको हुँदा उक्त कार्यप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै संस्थाको सुरक्षाको माग गर्दै प्रजिअ मार्फत प्रधान मन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
त्यसैगरि आइतबार मन्थलीमा भएको वित्तीय समूहको भेलाले बद्री सुवेदीका संयोजकत्वमा लघुवित्त कर्मचारी मञ्च पनि गठन गरेको थियो । सोही समितिले सोमबार प्रजिअ निरौला समक्ष ज्ञापन पत्र बुझाएको पनि संयोजक सुवेदीले जानकारी दिए ।
यो बारेमा तपाईको प्रतिकृया