Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोसी गाउँपालिकाको बजेट  ५८ करोड ५० लाख 

नेपाल अभियान नेपाल अभियान
१२ असार २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
53
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १२ असार  । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५८ करोड रुपैयाँको   बजेट ल्याएको छ । उसले सोमबार आफ्नो ११ औँ गाउँ सभा मार्फत कुल  ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ बराबरको बजेट  ल्याएको हो । कार्यक्रमका अवसरमा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिनले बजेट प्रस्तुत गर्नु भएको हो  ।

कार्यक्रमका अवसरमा  अध्यक्ष केशव महतले  आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । जस अनुसार महतले नेपालको संविधान र नीतिका आधारमा सुशासन, पारदर्शी र जनमुखी प्रशासनको कामलाई थप प्रभावकारी  बनाइने छ । त्यसैगरि  पालिकाले कृषि सुधार र कृषिको वैज्ञानिकीकरण विधि मार्फत कृषि क्षेत्रको थप सुधारका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

उहाँले  शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका कामलाई मुख्य नीति तथा कार्यक्रममा समेटिएको जानकारी पनि गराउनु भयो । त्यसैगरि वहाँले लिखु तामाकोसी गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकासलाई प्राथमिकता दिएको पनि आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । 

त्यसैगरि स्तरीय रिङ रोडको अवधारणालाई मूर्तरूप दिनका लागि तिल पुङ– गिदानचौर– ऐरमबास– काङ्बा– खोल्मागाऊँ– चिलाउने– कोट गाऊँ– रात माटा–सिरिसे– ढाँडे– पिङे– पाला–भिर खर्क– हो पिना–खापिङ हुँदै तिल पुङ सम्मको बाँसे– लोप्रा– गिद्धे– दिलौरी– धोबी– गैरी– केउरेनी– नागथली– झाँक्रीडाँडा– खिम्ती सडक विस्तार कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यसैगरि त्यस्तै कृषि क्षेत्रको सुधारका लागि पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साझेदारी र सहकार्य गरिने कुरा पनि कार्यक्रममा समावेश गरिएको छ ।  वित्तीय संस्थाहरूको सहकार्यमा लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सहुलियत ऋण उपलब्ध गराउने, भैँसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता र डेरीमा दूध बेच्ने किसानका लागि प्रतिलिटर २ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यलाई पनि नीति तथा कार्यक्रम मार्फत  निरन्तरता दिएको छ ।

त्यसैगरि  कृत्रिम गर्भाधानको माध्यमबाट पशुपालन व्यवसायको प्रवर्द्धन गरी गाउँपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति पनि कार्यक्रममा  उल्लेख गरिएको छ । 

त्यसैगरि वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि रोजगारी लक्षित कार्यक्रम सञ्चालन गर्ने साथै पशुपालन व्यवसायमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साझेदारी र सहकार्य गर्दे समुन्नत पालिकाकाको सपनालाई पुरा गर्दे जाने नीति अवलम्बन गरिएको छ ।

पालिकाका अध्यक्ष केशव महत, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, स्थानीय राजनीतिक दल र तीनका प्रमुख तथा प्रतिनिधि वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकारहरू समेतको उपस्थिति रहेको थियो  । 

Share21Tweet13Share4

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१२ असार २०८०, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१२ असार २०८०, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१२ असार २०८०, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१२ असार २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१२ असार २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१२ असार २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.