
रामेछाप १२ असार । रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५८ करोड रुपैयाँको बजेट ल्याएको छ । उसले सोमबार आफ्नो ११ औँ गाउँ सभा मार्फत कुल ५८ करोड ५० लाख १६ हजार १३ रुपैयाँ बराबरको बजेट ल्याएको हो । कार्यक्रमका अवसरमा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिनले बजेट प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रमका अवसरमा अध्यक्ष केशव महतले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । जस अनुसार महतले नेपालको संविधान र नीतिका आधारमा सुशासन, पारदर्शी र जनमुखी प्रशासनको कामलाई थप प्रभावकारी बनाइने छ । त्यसैगरि पालिकाले कृषि सुधार र कृषिको वैज्ञानिकीकरण विधि मार्फत कृषि क्षेत्रको थप सुधारका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका कामलाई मुख्य नीति तथा कार्यक्रममा समेटिएको जानकारी पनि गराउनु भयो । त्यसैगरि वहाँले लिखु तामाकोसी गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकासलाई प्राथमिकता दिएको पनि आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरि स्तरीय रिङ रोडको अवधारणालाई मूर्तरूप दिनका लागि तिल पुङ– गिदानचौर– ऐरमबास– काङ्बा– खोल्मागाऊँ– चिलाउने– कोट गाऊँ– रात माटा–सिरिसे– ढाँडे– पिङे– पाला–भिर खर्क– हो पिना–खापिङ हुँदै तिल पुङ सम्मको बाँसे– लोप्रा– गिद्धे– दिलौरी– धोबी– गैरी– केउरेनी– नागथली– झाँक्रीडाँडा– खिम्ती सडक विस्तार कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यसैगरि त्यस्तै कृषि क्षेत्रको सुधारका लागि पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साझेदारी र सहकार्य गरिने कुरा पनि कार्यक्रममा समावेश गरिएको छ । वित्तीय संस्थाहरूको सहकार्यमा लघु तथा घरेलु उद्योग स्थापनाका लागि उद्यमीहरूलाई सहुलियत ऋण उपलब्ध गराउने, भैँसीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता र डेरीमा दूध बेच्ने किसानका लागि प्रतिलिटर २ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यलाई पनि नीति तथा कार्यक्रम मार्फत निरन्तरता दिएको छ ।
त्यसैगरि कृत्रिम गर्भाधानको माध्यमबाट पशुपालन व्यवसायको प्रवर्द्धन गरी गाउँपालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरि वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि रोजगारी लक्षित कार्यक्रम सञ्चालन गर्ने साथै पशुपालन व्यवसायमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । पशु आहाराको पकेट क्षेत्र स्थापना गर्न अन्य निकायसँग साझेदारी र सहकार्य गर्दे समुन्नत पालिकाकाको सपनालाई पुरा गर्दे जाने नीति अवलम्बन गरिएको छ ।
पालिकाका अध्यक्ष केशव महत, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, स्थानीय राजनीतिक दल र तीनका प्रमुख तथा प्रतिनिधि वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकारहरू समेतको उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया