Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला समन्वय समितिले दियो स्थानीय तहलाई अनुशिक्षण 

नेपाल अभियान नेपाल अभियान
२१ असार २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
51
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ असार । स्थानीय सरकारले गरेको काम र त्यसको सही अनुगमन नहुँदा योजनाहरूमा  देखिँदै आएका समस्यालाई न्यूनीकरण गर्न सकियोस् भन्ने मुख्य उद्देश्यले जिल्ला समन्वय समिति रामेछापले दुई दिने कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका पदाधिकारी र जिल्लाका सबै निकायका उप –प्रमुख हरुका लागि लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम असार २० र २१ गते गरी २ दिन सम्म सञ्चालन गरिएको हो  ।  

पालिकाहरूमा सञ्चालित सडक तथा योजनाहरूका कामको गुणस्तरीयताका बारेमा कुरा उठिरहेको बेला समन्वयले त्यसको सुधारको प्रयास स्वरूप उक्त कार्यक्रम गरेको हो । दुई दिन सम्म चलेको अन्तर संवाद कार्यक्रमको सहज करणका लागि जिल्ला समन्वय समितिले विज्ञ झिकाएको थियो ।

उक्त कार्यक्रममा सुना पति बाहेक जिल्लाका सबै पालिकाका उप – प्रमुख र जिल्ला समन्वय समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो । योजनाहरूको अनुगमन गर्दा अपनाइने सरकारी विधि र  पद्धतिका आधारमा योजनाहरूको   गुणस्तरीयता कायम गराउन सजिलो होस भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको जिल्ला समन्वय अधिकारी विनीता भट्टराईले जानकारी दिनु भयो ।

कार्यक्रम समापनका अवसरमा  जिल्ला समन्वय प्रमुख चिना खड्काले पालिकाहरूको योजनाहरूको अनुगमन प्रक्रियालाई सहज बनाई उनीहरूका कामको गुणस्तरीयता कायम गराई जिल्लाको सम्बृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यले  समन्वयले उक्त कार्यक्रमको आयोजना  गरेको बताउनु भयो । 

कार्यक्रमका अवसरमा प्रजिअ अनिता निरौलाले स्थानीय निकायका उप प्रमुख तथा अनुगमन समितिका संयोजकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रम गुणस्तरीय योजना निर्माण कालागि  प्रभावकारी हुने  बताउनु भयो । सो अवसरमा उहाँले अनुगमन  प्रणालिमानै परिवर्तन गर्न सके मात्र त्यसले प्रभावकारी भूमिका खेल्ने पनि बताउनु भयो । उहाँले उक्त प्रयोजनका  लागि जिल्ला समन्वय समितिलाई धन्यवाद पनि दिनु भयो । 

समापन कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम सागर थापा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतका वक्ताहरूले योजना अनुगमन प्रक्रियामा देखिएका कम्जोरिका कारण विकास निर्माणका कामको  गुणस्तरमा समस्या देखिएको भन्दै अनुगमन समितिको कामलाई थप प्रभावकारी बनाउन नीतिगत रुपमानै परिवर्तन आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रम समापनका अवसरमा रामेछाप नगरकी उप प्रमुख वाला कुमारी कार्की र  लिखु तामाकोसी गाउँपालिकाकी उप प्रमुख दीपा पाख्रिनले अनुगमन प्रणालीका बारेमा आफूहरूले भर्खरै मात्र धेरै कुरा थाहा पाएको भन्दै यसलाई व्यवहारमा ढाल्नेप्रतिवद्धता  जनाउनु भयो । उहाँहरूले अनुगमन प्रक्रियामा सबै निकायहरूलाई एउटै मोडलमा  ढाल्न सके त्यसको प्रभावकारितामा वृद्धि हुने बताउनु भएको थियो  । 

Share20Tweet13Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२१ असार २०८०, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२१ असार २०८०, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२१ असार २०८०, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२१ असार २०८०, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२१ असार २०८०, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२१ असार २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.