मन्थली २३ असार । शनिवार मन्थलीमा सञ्चालन गरिएको मन्थली स्लो बाहिक रेस प्रतियोगिताको उपाधि मन्थली नगरपालिका ११ का अनिस थापा मगरले पाएका छन् । उनले सहभागी सबैलाई उछिन्दै प्रथम हुन सफल भएका हुन् ।

मन्थली माविको खेल मैदानमा भएको उक्त प्रतियोगितामा प्रतिस्पर्धी पचास भन्दा बढी मोटरसाइकल सहभागी भएका थिए । चरण चरणमा भएको उक्त प्रतिस्पर्धामा मन्थली नपा ३ का अनीश के सी द्धितिय र मन्थली नपा ३ का सन्तोष श्रेष्ठले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । विजयी खेलाडीहरूलाई क्रमशः नगद रु १० हजार,७ हजार ,५ हजार,ट्रफि,मेडल नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं आयोजक संस्था नेपाल खेलकुद महासङ्घका केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदी,नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँघरे र रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका पूर्व अध्यक्ष श्याम थापा लगायतका अतिथिहरूले नगद तथा पुरस्कार प्रदान गर्नु भएको थियो ।

नेपाल खेलकुद महासङ्घ मन्थली नगर कमिटीका अध्यक्ष रमेश चापागाईँको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा राम कुमार श्रेष्ठको नेतृत्वमा टोली सहभागी भएको थियो । यो खालको प्रतियोगिता मन्थलीमा पहिलो पटक सञ्चालन भएकोले दर्शकका रूपमा युवाहरूको अत्यधिक मात्रमा उपस्थिति रहेको कार्यक्रमका अध्यक्ष रमेश चापागाईँले जानकारी दिनु भयो । उहाँले भन्नु भयो कार्यक्रमले हामीलाई थप उत्साहित बनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया