रामेछाप २६ असार । गोकुलगंगा गाउँपालिकाले मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडक खण्डमा ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ । कार्यपालिकाको बैठकले उक्त सडक खण्डमा आउँदो असोज ३० गते सम्मको लागि ठुला गाडी सञ्चालनमा रोक लगाइएको हो ।
बर्सादको समयमा सडकको क्षमता भन्दा बढी ठुला मालवाहक गाडी चल्दा सडक थप बिग्रिएर यात्रुवाहक सवारीका साधन र यात्रुलाई सास्ती हुन थालेको भन्दै कार्यपालिकाको पूर्ण बैठकले सार्वजनिक सूचना मार्फत ठुला मालवाहक गाडी सञ्चालनमा रोक लगाएको गाउँ पालिकाका अध्यक्ष दिनेश खड्का (काजी )ले बताउनु भयो ।
गोकुलगंगा र उमा कुण्ड गाउँपालिकाका विभिन्न स्थानमा निर्माणाधीन हाइड्रो पावर हरूको निर्माणका लागि विशेष गरी मन्थली हुँदै खिम्ती–फर्पु–नमाडी–बेताली सडक निर्माणाधीन जलविद्युत आयोजनाका ठुला लोड गाडी चल्दा खाल्डा खुल्डी भएको र पानी जमेर सडकै भासिने, भत्कने गरेको गुनासो बढेपछि पालिकाले आउँदो असोज ३० गते सम्म उक्त सडकमा ठुला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएकोले पालीकाको उक्त अभियानलाई साकार पार्न पनि सबै सँग अध्यक्ष खड्काले आग्रह गर्नु भयो ।
ठुला सवारी गुड्दा र वर्षाको समस्याले साना, यात्रुवाहक सवारीको आवोत जावतमा समस्या भएपछि ८ टन भन्दा बढी लोड भएका गाडी सञ्चालनमा पालिका रोक लगाउन बाध्य भएको हो ।उक्त सडकमा जलविद्युत आयोजनाका सामाग्री बोकेका ८ टन भन्दा माथि लोड बोल्ने १२ चक्के सवारी सञ्चालन हुँदै आएका छन् । त्यसैगरि खाद्यान्न ढुवानीका सवारीको पनि जिल्ला सदरमुकाम र सङ्घीय राजधानी, तराई ओहोर–दोहोर हुँदै आएका छन् ।












यो बारेमा तपाईको प्रतिकृया