रामेछाप २८ असार । जिल्लाको शान्ति सुरक्षालाई सबल बनाउने अभियानमा लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले मुख्य बजार र नाकाहरूलाई लक्षित गरी सिसिटिभी जडान गर्न थालेको छ । जस अन्तरगत उसले लिखु तामाकोसी गाउँपालिका र खाँडादेवी गाउँपालिकासँगको सहयोगमा यी दुई पालिकाका मुख्य बजार र जिल्ला प्रवेश नाकाका रूपमा परिचित सित खा र खिम्ति बजारमा सिसिटिभी जडान गरेको हो ।
शान्ति सुरक्षाको सवालमा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्दा आर्थिक,सामाजिक र प्रशासनिक रूपमा पनि सहज हुने र सहकार्यले स्थानीय निकाय,सर्व साधारण सँग समेत मैत्रीपूर्ण सहकार्यता कायम हुने भएकोले पनि प्रहरीले यस खालको अभियानलाई अगाडी बढाएको रामेछापका प्रहरी प्रमुख डिएसपी होम पराजुलीले बताउनु भयो ।
विभिन्न आपराधिक र चोरीको घटनामा न्यूनीकरण ल्याउन र अपराधीलाई सजिलै समाउन सजिलो होस भन्नका लागि दुई वटा बजारमा सिसी क्यामरा जडान गरिएको र अन्य सरकारहरू सँग पनि क्रमशः सहकार्य गर्दे जान पनि डिएसपी पराजुलीले जानकारी दिए ।
जस अनुसार खिम्ति बजारमा एकै पटक ६ थान र खाँडादेवी गाउँपालिका वडा नं ३ को सित्खापुलमा १ थान सवारी साधनको नम्बर क्याप्चर गर्न सकिने गरी सिसिटिभी जडान गरिएको पनि कार्यालयले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया