Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिक उड्डीएनका कारण  काठमाडौँ मन्थली उडान भएन,  प्रशासन र जन प्रतिनिधिहरूको समेत अवमूल्यन  

नेपाल अभियान नेपाल अभियान
१६ श्रावण २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
99
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ साउन  । रामेछाप विमानस्थलबाट काठमाडौँका लागि नियमित उडान गर्ने निर्णय गरेर उडान तालिका समेत सार्वजनिक गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निर्णयलाई खोस्टो बनाई दिएको छ । उसले प्रजिअ र जन प्रतिनिधि सहितको रोहबरमा सर्व पक्षीय बैठक समेत राखेर गएको जेठको तेस्रो हप्ता देखि साप्ताहिक रूपमा नियमित उडान गर्ने निर्णय गरेको भए पनि त्यसको दुई महिना सम्म पनि  उक्त निर्णयको बेवास्ता गर्दे निर्णयलाईमै खोस्टो बनाई दिएको हो ।

 लामो समय देखि काठमाडौँ  मन्थली रुटमा  जहाज सञ्चालनका लागि स्थानीय स्तरबाट माग हुँदै आएको र सोही मागका आधारमा सङ्घीय सांसद पूर्ण बहादुर तामाङ र मन्थली नगर प्रमुख लव श्रेष्ठ लगायतका जन प्रतिनिधिहरू समेतले पहल गरेका थिए । सोही आधारमा प्राधिकरणले जेठ महिनाको तेस्रो हप्ताबाट जहाज उडाउने निर्णय सहितको कार्य तालिका सार्वजनिक गरेको थियो । तर त्यसको २ महिना बिती सक्दा पनि उडान भर्ने कुनै छाँटकाँट नदेखिनु जिल्लावासीहरूका लागि दुःखद कुरा भएको सरोकारवालाहरूको भनाई रहेको छ ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणमा सहमति भए अनुसार नियमित उडान तालिका अनुमोदन र भाडा समेत निर्धारण भइसक्दा समेत एयरलाइन्स कम्पनीले अझै नियमित उडान गर्न तर्फ कुनै चासो नदेखाउनु दुःखद कुरा भएको  उडान अभियानका अभियन्ता टीका भट्ट बताउनु हुन्छ । 

उक्त अभियानका लागि नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले  निजी क्षेत्रका तारा, सीता र समिट एयरले हप्तामा कम्तीमा एउटा उडान गर्ने गरी उडान तालिका बनाएर प्राधिकरणमा पेस गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार उडानका लागि तारा, सीता र समिट एयरले तालिका पेस गरेको र जुन १८ तारिखदेखि उडान भर्ने गरी तालिका अनुमोदन भए पनि एयरलाइन्स कम्पनीहरूले उडान तालिका अनुसार उडान नगरेको रामेछाप नागरिक उड्डयन कार्यालयले जनाएको छ  । 

कार्य तालिका सहित उडानका लागि एकतर्फी ३ हजार ५०० भाडा दर निर्धारण गरी जुन १८ तारिखदेखि उडान गर्ने गरी तालिका अनुमोदन गरी कार्यान्वयनमा ल्याउने  सहमति पनि भएको थियो ।  तर अहिलेसम्म उडान हुन नसक्नु अत्यन्त दुःखद कुरा हो । यसरी निर्णय कार्यान्वयन हुन नसक्नु भनेको नागरिक उड्डयन प्राधिकरणको कमजोरी र ए अरलाईन्स कम्पनी हरुको दादागिरी  भएको अभियन्ता भट्टको भनाई रहेको छ । 

रामेछाप विमानस्थल प्रयोग गरी सोलुखुम्बुको लुकलाका लागि यात्रु ओसारपसार गर्दै आएका तीन वटा वायु सेवा कम्पनीलाई काठमाडौँका लागि समेत यात्रुवाहक उडानका लागि रामेछापवासीले आग्रह गर्दै आएको पनि लामो समय बिती सकेको  छ् । सिजनमा सोलुका लागि रामेछापबाट दैनिक करिब ६० को हाराहारीमा   उडान हुने गरेको भए पनि मन्थली  काठमाडौँका लागि कुनै उडान नहुँदा रामेछापवासी कठिसडक यात्रा गर्न बाध्य छन् । त्यसको सबैभन्दा बढी असर सुत्केरी,ईमरजेन्सि विरामी र जेष्ठ नागरिकहरुलाई पर्ने गरेको छ । विमान कम्पनीले मन्थली लुकलाका लागि दैनिक ६० भन्दा बढी  उडान हुँदा काठमाडौँका लागि एउटा उडान पनि नराख्दा वायुसेवा कम्पनीसँग जिल्लावासी रुष्ट बनेका छन् ।

मन्थली विमानस्थलमा रात्रिकालीन विमान पार्किङ राखेर लुकलाका लागि उडान भर्दे आएका कम्पनी हरु सँगै राजनीतिक दल र सांसदहरूले समेत पटक पटक हप्तामा  एउटा उडान काठमाडौँका लागि राख्न आग्रह गर्दै आएको आधारमा निर्णय भएको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन ।  

आफ्नो पहलमा भएको निर्णय अहिले सम्म कार्यान्वयन नभएको कुराले आफूलाई दुःखित बनाएको सङ्घीय सांसद पूर्ण बहादुर तामाङले बताउनु भयो । उहाँले भन्नु भयो – विमान कम्पनीहरू समेतको रोहवरमा भएको निर्णय कार्यान्वयनमा नआउनुको पछाडिका बारेमा आफूले नागरिक उड्डयन प्राधिकरण सँगै सम्पर्क गरी पुनः निर्णय कार्यान्वयनका लागि पहल गर्ने छु ।  

२०३५ सालदेखि काठमाडौँ–रामेछाप उडान हुँदै आएकोमा झन्डै १० वर्षदेखि रामेछाप काठमाडौँ हवाई सेवा पूर्ण रूपमा बन्द छ  । रामेछाप विमानस्थलमा रात्रिकालीन पार्किङ गरेका जहाजले बिहानैदेखि मन्थली बाट सोलुको लुक्ला मा यात्रु लैजाने र ल्याउने गरेको भए पनि उक्त मौसम सकिए सँगै सरकारले करोडौँको लागतमा निमार्ण गरेको उक्त विमानस्थल पूर्ण रूपमा बन्द रहेको छ । 

Share40Tweet25Share7

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१६ श्रावण २०८०, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१६ श्रावण २०८०, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१६ श्रावण २०८०, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ श्रावण २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ श्रावण २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ श्रावण २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.