Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा लम्पीका कारण ६ सय ७७ पशु मरे, साँढे २८हजार प्रभावित 

नेपाल अभियान नेपाल अभियान
१७ श्रावण २०८०, बुधबार
in कृषि, देश, प्रदेश नं ३, समाचार
0
37
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । लम्पी रोगको प्रकोप बढ्दै जाँदा  रामेछाप जिल्ला भरिमा गरी मङ्गलवार  सम्ममा कुल  ६ सय ७७ वटा पशु यो रोगको सङ्क्रमणका कारण मरेका छन् । पालिकाहरूले समयमानै सबै किसानहरूका लागि खोप र आवश्यक औषधिको ब्यवस्थf गर्न नसक्दा मर्ने र सङ्क्रमण हुनेको सङ्ख्या बढेको हो । 

 सङ्क्रमणबाट जिल्ला भरिमा गरी कुल २८हजार ४ सय  ८२ वटा पशु प्रभावित भएका छन् भने सक्रिय रूपमा  सङ्क्रमित हुनेहरूको सङ्ख्या भने  १० हजार २ सय १६ पुगेको पनि सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।    

जिल्ला पशु स्वास्थ्य कार्यालय मन्थलीका कार्यालय प्रमुख प्रकाश थापाका अनुसार जिल्लाको ८ वटै स्थानीय तहमा गरी मङ्गलवार सम्म कूल २८ हजार ४ सय ८२ पशुमा सङ्क्रमण भएको छ । तथ्याङ्कलाई अध्ययन गर्दा यसको प्रकोप नियन्त्रण गर्न तर्फ स्थानीय सरकारले थप क्रियाशील देखाउनु पर्नै पनि उहाँको सुझाव छ । अहिले खोप लगाइएका पशु गाई भैसिहरुमा रोगको न्यूनीकरण भएको देखिए पनि खोप नपुगेको ठाउँमा रोग भयावह बन्दै गएको छ । 

सबै ‘गाउँपालिकाको सबै वडाको गाई गोरुमा फैलिएको लम्की स्किन रोग अहिले दोरम्बा –सैलुङ गाउँपालिकाका  चौँरीहरूमा पनि फैलिएको छ । रोगका कारण  वडा नं १ डडुवा र वडा नं ४ गौश्वरामा गरी ४२ वटा चौँरी मरिसकेको गाउँपालिकाले जनाएको छ । 

दोरम्बा सैलुङ गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र ढुङ्गेलका अनुसार –सैलुङ क्षेत्रमा अहिले १५ वटा बढी चौँरी गोठमा पाँच सय बढी चौँरी रहेका र उनीहरूका लागि आवश्यक  खोप पुर्‍याउन नसकिएकोले पनि समस्या भइरहेको छ । दूध उत्पादनको समयमा चौँरी बिरामी परेपछि किसानले आर्थिक रूपमा पनि  निकै घाटा बेहोर्नु परेको छ ।   लम्पी स्किन रोग रोकथामको उपाय भनेको खोप नै भएकाले गाउँपालिकाले एक हजार डोज खोप खरिद गरी  पशु वस्तुमा लगाइएको पनि  उहाँले बताउनुभयो । अहिले यही साउन २५ देखी ३१ गतेसम्म वाग्मती प्रदेश सरकारको लम्पी स्किन रोग विरुद्ध सप्ताह व्यापी खोप लगाउने अभियानका लागि गाउँपालिकामा स्वस्थ पशु वस्तुको तथ्याङ्क सङ्कलनको काम भइरहेको जानकारी पनि ढुङ्गेलले गराउनु भयो ।। 

 प्रकोपले भयावह रुप लिँदा त्यसको असर बेसी भू–भाग हुँदै जिल्लाको उच्च भू–भाग सैलुङ सम्म परेसँगै मर्ने गाई गोरुको सङ्ख्या बढेको हो ।  गत वैशाखदेखि बेसी भेगमा देखिएको यो रोगको सङ्क्रमण  हाल प्रकोपको रूपमा  जिल्लाका सबै पालिकामा फैलिए सँगै उक्त रोगको नियन्त्रण गर्ने विषय स्थानीय सरकारहरूको लागि समेत चिन्ताको विषय बनेको छ । 

सङ्क्रमण बढेसँगै त्यसबाट असर पर्ने त्रासले अहिले बजारमा दूध दही सेवन गर्नै हरूको सङ्ख्यामा पनि गिरावट आएको छ । तर पशु प्राविधिक समेत रहेका जिल्ला  कार्यालय प्रमुख प्रकाश थापाले  भने यस्तो दूध सेवन गर्न सकिन बताउनु भयो । उहाँले भन्नु भयो – सङ्क्रमित पशुको दूधको प्रयोग गर्न नहुने कुनै विज्ञ आधार र प्रमाण नभएको भन्दै विज्ञहरूले पनि यसको प्रयोगलाई इन्कार नगरेको जानकारी पनि थापाले दिनु भयो ।  तर, दूधमा रगत र पिप देखियो भने त्यसलाई भने प्रयोगमा ल्याउन नहुने पनि थापाको भनाई रहेको छ  । 

 पछिल्लो समयमा सङ्क्रमण केही न्यूनीकरण हुँदै गएको देखिएकोले कृषकहरूलाई हताश नहुन पनि प्रमुख थापाले आग्रह गर्नु भयो । स्थानीय तह र पशु स्वास्थ्य कार्यालय समेतको समन्वयमा सङ्क्रमित पशुलाई खोप तथा उपचार गराउने काम भइरहेको जानकारी दिँदै थापाले रोकथामका लागि  गाई भैँसीको गोठ भने नियमित  सफा राख्नु पर्ने पनि उहाँको  सुझाव छ । 

Share15Tweet9Share3

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१७ श्रावण २०८०, बुधबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१७ श्रावण २०८०, बुधबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

१७ श्रावण २०८०, बुधबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१७ श्रावण २०८०, बुधबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

१७ श्रावण २०८०, बुधबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१७ श्रावण २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.