Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा आँखा पाक्ने रोगी बढे,अस्पतालमा जान विज्ञहरूको सुझाव

नेपाल अभियान नेपाल अभियान
१९ श्रावण २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter

  

रामेछाप १९ साउन । रामेछाप जिल्लामा आँखा पाक्ने रोगको बिरामी अत्यधिक रूपमा बढेका छन् । अस्पतालमा उपचार गर्न आउने मध्ये सङ्ख्यात्मक रूपमा आँखाका सङ्क्रमित  अत्यधिक भेटिए  सँगै बिरामी बढेको पुष्टि भएको हो । यसरी उपचार गर्न आउने हरूमा  विद्यालयमा पढ्ने बिद्याथीहरुको संख्ँया निकै बढेको सम्बन्धित  अस्पतालहरूले जनाएका छन् । 

जिल्ला अस्पताल रामेछाप,मन्थली अस्पताल, तामाकोसी अस्पताल भित्र रहेको मन्थली  आँखा केन्द्र लगायतका अस्पतालहरूका अनुसार बिहीबार र शुक्रवार गरिए को परीक्षणमा कुल बिरामीको तुलनामा आँखाका सङ्क्रमित करिब ८० प्रतिशत पुगेका छन् । आरम्भमा फाट्टफुट्ट रूपमा आँखाका बिरामी देखिएकोमा शुक्रवार सम्म आइपुग्दा दैनिक ४० जना आँखाका सङ्क्रमित देखिएको मन्थली आँखा केन्द्रका सिनियर आँखा असिस्टेन्ट पुष्कल घिमिरेले बताउनु भयो । उक्त केन्द्रमा कुल बिरामी मध्ये ९० प्रतिशतमा आँखाको समस्या देखिएको पनि घिमिरेले बताउनु भयो । 

  जिल्ला अस्पताल रामेछापमा पनि शुक्रवार सम्म आइपुग्दा आँखाका संक्रमिति ह्वात्तै बढेको अस्पतालले जनाएको छ । उपचारमा आउने अधिकांश आँखाका रोगीहरूले एकै प्रकृतिको अवस्था बताउने गरेको रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विगत ३÷४ दिन देखि जिल्लामा आँखा पाक्ने रोगका बिरामीहरू देखिन थालेको र त्यो सङ्ख्या शुक्रवार सम्म आइपुग्दा अत्यधिक बढेको छ  ।

विशेष गरी रोगीहरूमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने गरेको छ । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । यो सरुवा रोग हो । सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्नका लागि पनि  मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले को सुझाव छ ।

 सामान्यतया यो रोग एकदेखि  बढीमा दुई हप्ताभित्र निको हुने हुनाले कसैलाई पनि नआत्तिन पनि चिकित्सक हरूको सुझाव छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुने भएकोले आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्न पनि नेत्र रोग विशेषज्ञहरूले आग्रह  गरेका छन्  ।

आँखा पाक्ने रोगबाट बच्न धुवाँ धुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चस्मा लगाउन  बिहान बेलुका सफा र चिसो पानीले  सफा गर्न पनि मन्थली आँखा केन्द्रका सिनियर आँखा असिस्टेन्ट पुष्कल घिमिरेले आग्रह गर्नु भयो ।   

Share19Tweet12Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ श्रावण २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ श्रावण २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ श्रावण २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ श्रावण २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ श्रावण २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१९ श्रावण २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero