Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मूल्य वृद्धिले रामेछापका उपभोक्ता मारमा, गुनासो बाक्लै आएको छ, तत्काल उपभोक्ताको पक्षमा निर्णय लिन्छु ः प्रजिअ निरौला 

नेपाल अभियान नेपाल अभियान
२२ श्रावण २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
104
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२२ साउन । रामेछापका बजारहरूमा चामलको मूल्यमा अत्यधिक रूपमा वृद्धि भएको लामो समय बितिसक्दा पनि जिल्लाको नियामक निकाय बेखबर छ ।  भारत सरकारले चामल निर्यातमा रोक लगाए सँगै हौसिएका व्यापारी हरुले मनलाग्दी ढङ्गले चामलको मूल्य बढाउँदा पनि जिल्ला प्रशासन कार्यालय बेखबर देखिएको हो । 

                 यो या त्यो बहानामा व्यापारीहरूले चामलको मात्र नभएर अन्य बस्तुहरू पनि नपत्याउँदो तरिकाले मूल्य वृद्धि गरेको गुनासो उपभोक्ताहरूले गरेका छन् । व्यापारीहरूले मनलाग्दी ढङ्गले  बढल मूल्यमा चामल सँगै दाल, तेल,गेडागुडी लगायतका दैनिक उपभोग्य सामानमा बिक्री गर्नै  गरेको रामेछाप नगरपालिका ८ कि उपभोक्ता  गीता विकले गुनासो गर्नु भयो । मैले एक महिना अघि प्रतिबोरा १ हजार ८ सयमा लगेको चामल एक महिना पछि प्रतिबोरा २ हजार १ सय रुपैयाँमा खरिद गर्न बाध्य भएको पनि उहाँको भनाई रहेको छ । तर पनि प्रशासन कार्यालय लगायत जिल्लाको सरोकारवाला पक्षले चासो नदेखाउनु दुःखद कुरा भएको उहाँको गुनासो छ । 

यो खालको गुनासो अहिले अधिकांश उपभोक्ताहरूले गर्ने गरेका छन् । बजारमा भएको मूल्य वृद्धि र जिल्लाको सबै बजार केन्द्रहरूमा झाँगिएको छ । बजारमा चामलको मूल्य हजार थरी चलेको छ ।चामल पसलै पिच्छे फरक फरक मूल्यमा बिक्री भइरहेको छ । 

बजारमा चामल लगायतको खाद्यान्नको मूल्य वृद्धिको गुनासाका सम्बन्धमा रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदी सँग  जानकारी लिन खोज्दा उहाँले  अहिले बाहिर चर्चामा आए अनुसारको मूल्य वृद्धि नभकोको बताउनु भयो । यस बारेमा उद्योग वाणिज्य सङ्घ आफूले पनि निरन्तर अनुगमन गरी रहेको र चामलको मिलवालाहरुलेनै मूल्य बढाएर पठाएकोले उपभोक्ताहरूले गुनासो गर्नु भएको हुन सक्छ । तर ब्यपारीहरुबाट भने त्यसरी मूल्य नबढाएको पनि सचिव सुवेदीको दावि रहेको छ । 

बजारमा भएको मूल्य वृद्धि र उपभोक्ताहरुलाई परेको समस्याको बारेमा प्रमुख जिल्ला अधिकारी अनिता निरौला सँग सम्पर्क गर्दा उहाँले– अहिले बजारमा व्यापारीहरूले चामल लगायत अन्य खाद्यान्न सामाग्रीमा पनि मूल्य बढाएको भन्ने गुनासो प्रशस्तै आएको र यस विषयमा गृह मन्त्रालय बाट पनि नियमनको लागि निर्देशन आएकोले यस विषयमा आफूले सरोकारवाला हरू सँग बसेर तत्काल निर्णय लिन बताउनु भयो । 

जिल्ला भरिबाट गुनासो आएको भएपनि आफू विदामा बसेको र सहायक प्रजिअ पनि  भर्खरै आउनु भएकोले अनुगमन गर्न र बजारको अवस्था आङ्कलन गर्न केही ढिलाइ भएको हो । आफू पनि आज मात्र काठमाडौँबाट आएकोले बजारको अवस्था र अनुगमनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने कुरामा आफूले कत्ति पनि ढिलाइ नगर्नै जानकारी दिनु भयो । देशमै मूल्यवृद्धि भयो भने त्यो चामल जिल्लामा  आउँदा हाम्रो बजारमा त्यसको असर पर्ला नै । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छौँ भनेर भनेकोले आफूलाई निर्णय लिन पनि समस्या नहुने प्रजिअ निरौलाको भनाई रहेको छ । 

यस बारेमा रामेछाप उद्योग वाणिज्य सङ्घका पदाधिकारी लगायतका सरोकारवाला पक्ष सँग पनि तत्काल समन्वय बैठक बोलाएर बजारमा मूल्य वृद्धिको अवस्थाको बारेमा छलफल र अनुगमनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सबै अनुगमनकारी निकायहरू एकै ठाउँमा बसेर निर्णयमा पुग्ने पनि  प्रजिअले बताउनु भयो ।  

Share42Tweet26Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ श्रावण २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ श्रावण २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ श्रावण २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ श्रावण २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ श्रावण २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ श्रावण २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero