रामेछाप २६ । लम्पी स्किन रोगको महामारी बाट रामेछाप नगरपालिकामा मात्र १ सय ४६ वटा भन्दा बढी गाई गोरु मरेका छन् । महामारी बाट नगर भरिका गरी २ हजार ८ सय गाई र २ हजार ८ सय ७५ गाई गोरु सङ्क्रमित रहेका छन् भने रोगका कारण करोड भन्दा बढी नोक्सानी भएको छ ।
सङ्क्रमित मध्य हाल ४ सय ४६ वटा गाई गोरुको उपचार भइरहेको छ । कुल ९ वटा वडा रहेको रामेछाप नगरपालिकाका सबै वडा लम्पी स्किन रोगबाट प्रभावित भएको नगरपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख काजी शेर्पाले जानकारी दिनुभयो ।
जस अनुसार लम्पी स्किनबाट वडा नं १ मा २४,वडा नं २ मा २५,वडा नं ३ मा २३,वडा नं ४ मा ३५,वडा नं ५ मा २१,वडा नं ६ मा ३,वडा नं ७ मा ७,वडा नं ८ मा ९ र वडा नं ९ मा २ वटा गाई गोरु मरेको पनि प्रमुख शेर्पाले बताउनु भयो।
यो बारेमा तपाईको प्रतिकृया