रामेछाप २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)रामेछापले फोनिजको स्थापना दिवसको अवसर पारेर जिल्लाका दुई जना क्रियाशील पत्रकार हरूलाई सम्मान गरेको छ । उसले शनिवार मन्थलीमा एक औपचारिक कार्यक्रमका बिच पत्रकारद्धय सुमित श्रेष्ठ र रिता मगरलाई सम्मान गरेको हो । सम्मानित हुने दुवै जनालाई कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नगद,दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गर्नु भएको थियो ।
फोनिजको २४ औ स्थापना दिवसका अवसर शनिवार आयोजना गरिएको कार्यक्रममा पत्रकार श्रेष्ठलाई नगद पाँच हजार रुपैयाँ र मगरलाई नगद दश हजार रुपैयाँ सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम फोनिज वाग्मती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ,नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ,नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँघरे विभिन्न पेसागत सङ्गठनका अध्यक्ष लगायतका प्रतिनिधिहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि मन्थली नगरप्रमुख लव श्रेष्ठले पत्रकार हरूलाई समाजको विकृतिका विरुद्ध कलम चलाउन आग्रह गर्नु भयो । उहाँले रामेछापको पत्रकारितालाई सिङ्गो समाजको विकास र खोज पत्रकारीताको विकास संग जोड्नको लागि फोनिजले नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नु भयो ।
यो बारेमा तपाईको प्रतिकृया