रामेछाप ३० साउन । जिल्ला सदरमुकाम मन्थलीमा रहेको धारा पानी समर्पण बचत तथा ऋण सहकारी संस्था मंगलबारबाट देवकोटा चोकमा सरेको छ । मङ्गलवार बाटै कार्यालय सम्बन्धी सबै काम नयाँ कार्यालयबाट गर्नै गरी संस्थाको कार्यालय अध्यक्षको आफ्नै घरमा सारिएको हो ।
औपचारिक रूपमा आरम्भ गरिएको उक्त सहकारीको कार्यालयको उद्घाटन जिल्ला बचत तथा सहकारी संस्थाका अध्यक्ष हिमाल ढुङ्गेलले मूल ढोकामा रिबन काटेर गर्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि ढुङ्गेलले नेपाल सरकारको सहकारी मर्जर गर्ने अभियान अनुसार धारा पानी समर्पण सहकारी मर्जर गर्ने अभियानमा जिल्लामा पहिलो सहकारीको रूपमा नाम दर्ज गराउन सफल भएकोमा शुभकामना पनि दिनु भयो । उहाँले उक्त बचतलाई सहकारीको नीति विधि र पद्धतिका आधारमा जिल्लामा सहकारीको मूल धारमा पुगेर काम गर्ने गरी काम गर्न पनि सुझाव दिनु भयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जेएन दाहालले धारापानि समर्पणलाई सहकारीको विकासमा समर्पण भावका साथ काम गर्न आग्रह गर्नु भयो । उहाँले पछिल्लो समयमा देशका सहकारी बदनाम हुने क्रम बढेकोले यस तर्फ आम सहकारीकर्मिहरुले गम्भीरताका साथ काम गर्नु पर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष रत्न नेवारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महाँसंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतका वक्ताहरूले धारापनि सर्मपर्णलाई सँस्थागत विकासमा नमूना सहकारीको रूपमा स्थापित हुन पनि शुभकामना दिनु भएको थियो । सहकारीमा गत आव सम्म करिब ८ सय शेयर सदस्य आबद्ध रहेको र करिब २ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष रत्न नेवारले सो अवसरमा जानकारी गराउनु भएको थियो । उहाँले भर्खरै मर्जर भएको संस्था भएकोले यसलाई आफूले सहकारी नीति र विधिका आधारमा चलाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
यो बारेमा तपाईको प्रतिकृया