Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अनुगमन समितिद्वारा जिल्ला समन्वय समिति  सदस्यको पसलबाट अखाद्य सामाग्री जफत  

नेपाल अभियान नेपाल अभियान
३२ श्रावण २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
204
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३२ साउन । मन्थली नगरपालिकाले बुधवार गरेको बजार  अनुगमनका क्रममा जिल्ला समन्वय समितिकी सदस्यको पसलबाट म्याद नाघेका सामाग्री जफत गरेको छ । छड्के अनुगमनका क्रममा बुधवार दिउँसो मन्थली नपा ६ को सेले घाट बजारमा मन्थली नगरकी उप प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा  पुगेको अनुगमन टोलीले जिल्ला समन्वय समिति रामेछापकी सदस्य अनिषा माझिकोे पसलबाट  ८ थरी म्याद नाघेका सामाग्री जफत गरेको हो । 

 पसलको अनुगमनका लागि नगरको टोली सेले घाट पुग्दा जिसस सदस्य मनीषा माझी आफै पसलमा रहनु भएको थियो । उहाँकै अनुमति लिएर पसलमा प्रवेश गरेको टोलीले ५सय एम यमको पेप्सी,आधा दर्जन बट्टा हर्लिक्स, रामेछाप किष्कुट गोल्डे न कुकिज,जिरा कुकिज,गोल्डन कुकिज,एप्लेक्स,र स्टिल नामको खाद्यपदार्थ समेत जफत गरेको थियो । 

बिहान मन्थली ६ को वेतिनी बजार बाट आफ्नो अनुगमन  यात्रा सुरु गरेको टोलीले दिउँसो भलुवाजोरकै सिल्ली बजार,त्रिवेणी पुल,हत्तिटार,भलुवाखोला,कुनाउरी भैसिश्वर चोकका बजार केन्द्रका समेत करिब २ दर्जन पसल तथा होटेलको अनुगमन गरेको मन्थली नगरपालिका राजस्व शाखा प्रमुख उज्ज्वल पोखरेलले बताउनु भयो ।

 नेपाल सरकार र स्थानीय सरकारले तय गरेको कार्यविधिका आधारमा सूक्ष्म तरिकाले गरिएको अनुगमनका क्रममा साना ठुला सबै जसोमा   केही न केही  कमजोरी भने  भेटिएको  थियो । अनुगमनका क्रममा व्यापारी हरूले जान अनजानमा भएका सबै खाले गल्ती हरूलाई पूर्ण रूपमा सच्याउने जानकारी गराएका थिए   । नगरले गाउँमा पुगेर गरेको पहिलो अनुगमन भएकोले ब्यवसायीहरुलाई आइन्दा गल्ती नदोहोर्‍याउने सर्तमा कसैलाई पनि जरिवाना भने नगरिएको पनि पोखरेलले जानकारी दिनु भयो । 

  अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामाग्री सबैको  जफत गर्नुका साथै एक हप्ता भित्र दर्ता व्यवसाय नवीकरण गरि भएका कमजोरी नदोहोर्याइकन कानूनी दायरा भित्र अनिवार्य रूपमा आउनका लागि भने टोलीले कमजोरीका कारण सहितको लिखत पत्र थमाएको पनि राजस्व शाखा प्रमुख उज्ज्वल पोखरेलले बताउनु भयो ।  

 यस पटक मन्थली नगरले ग्रामीण बजार केन्द्रित अनुगमनलाई प्राथमिकतामा राखेर अनुगमन  गरेको थियो । व्यापारीहरूको मन लाग्दी र हेलचेक्याईपनले उपभोक्ता आहत भएको सूचनाका आधारमा मन्थली नगरले अघिल्लो हप्ता  वडा नं १३ को देवीटार र मिल्ती बजारका कुल ४० र वडा नं ४को सालुपाटि बजार र वडा नं ५ को सुनार पानी बजारका होटेल तथा पसलहरूको  आकस्मिक अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा सबै भन्दा बढी मदिराजन्य सामाग्रीहरू,दुई तीन वर्ष म्याद नाघिसकेका बियर,विभिन्न प्रजातिका जुस र पेय पदार्थ,चार वर्ष म्याद नाघेको  सस देखि किरा परेका बिस्कुट लगायतका दर्जनौँ अखाद्य सामिग्रि जफत गरिएको थियो  । अनुगमनका क्रममा व्यवसाय नवीकरण गर्न छुटेका व्यवसायी हरूको सुविधाका लागि स्थलगत रुपमानै  नवीकरण गर्ने व्यवस्थापन नगरपालिकाले मिलाएको  थियो ।

 नीति विधि बुझाएर गरिएकोले सबै जसो व्यवसायीहरू  नगरपालिका सँग खासै  असन्तुष्टि भने नदेखिको अनुगमन टोली सँगै रहेका उद्योग वाणिज्य सङ्घ रामेछापका वाणिज्य उपाध्यक्ष सुदीस साहले जानकारी दिनु भयो ।  तर बरामद गरिएको सामान र म्याद सकिएको भन्ने बारेमा भने आफूहरू निर्दोष रहँदा रहँदै पनि क्षति बेहोर्नु परेको साना ब्यवसायीहरुको गुनासो भने रहेको  उपाध्यक्ष शाहले बताउनु भयो ।

Share82Tweet51Share14

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३२ श्रावण २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३२ श्रावण २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३२ श्रावण २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३२ श्रावण २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३२ श्रावण २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३२ श्रावण २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero