Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोकुलगंंगाको आलुलाई राजधानीको बजार  सँगै जोड्दै  पूर्व अध्यक्ष सुनुवार 

नेपाल अभियान नेपाल अभियान
३ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ भदौ । गोकुलगंगा गाउँपालिका निवर्तमान अध्यक्ष खड्ग सुनुवारले गोकुलगंगा गाउँपालिकामा उत्पादन भएको अर्ग्यानिक आलु लाई राजधानी काठमाडौँको बजारीकरण  सँग जोड्नु भएको छ । उहाँले शनिवार बाट भक्तपुर गठ्ठाघर पुल नजिकैको सटरमा आलुको पसल थापेर  अभियानको सुरुवात गर्नू भए सँगै गोकुलगंगामा उत्पादित आलु राजधानीको बजार सँग जोडिएको हो  । 

पहिले देखिनै  व्यवसायी किसानको रूपमा पहिचान बनाउनु भएका निवर्तमान अध्यक्ष सुनुवारले गाउँमा उत्पादित अर्ग्यानिक आलुले प्रचार प्रसार र बजार अभावमा बजारीकरण हुन नपाउँदा कृषकहरूलाई परेको मर्कालाई मध्य नजर गरी उनीहरूलाई समेत राहत पुगोस् भन्ने उद्देश्यले आफनै अगुवाइमा आलुको बिक्री सुरु गर्नु भएको हो । 

आफूले सुरु गरेको अभियानमा जोडिन पनि उहाँले सबै जिल्ला बासी सँग आग्रह गर्नु भएको छ । पसल सञ्चालनमा आएसँगै सिङ्गो जिल्लाको समेत पहिचान सँग जोडिएको गोकुलगंगाको अर्ग्यानिक  आलु सुलभ मूल्यमा  काठमाडौंमानै बसेर  खरिद गर्न सकिने भएको छ । पर्यटन सँगै  कृषि उत्पादनमा प्रचुर सम्भावना रहेको गोकुलगंगाको आलु खरिद गर्नका लागि ठुलो सङ्ख्यामा मानिसहरू पसलमा आइरहेको कृषक सुनुवारले बताउनु भयो ।  अर्ग्यानिक आलु खुद्रा तथा होल खरिद गर्ने चाहनु हुने महानुभावहरूले सम्पर्क राख्नका लागि पनि सुनुवारले आग्रह गर्नु भएको छ ।

गाउँमै फलेको अर्ग्यानिक आलुको ‘चिनारी गराउन र त्यसको प्रचारप्रसार’ गर्दे बजार सञ्जाल सँग जोड्ने उद्देश्यले आफूले अभियान आरम्भ गरेको र आलु सँगै यसलाई यस वर्ष देखि किवी र अन्य उत्पादन र त्यसको बजारीकरण सँग समेत जोड्दै जाने लक्ष्य पनि सुनुवारले लिनु भएको छ । उत्पादनले बजार नपाएर गाउँमै आलु सडेको अवस्थामा आरम्भ गरिएको अभियानले सार्थकता पाउने हो भने गोकुलगंगाका किसानले संवृद्धका लागि टाढा जानु नपर्नै पनि पूर्व अध्यक्ष सुनुवारले बताउनु भयो  ।

पालिकाका  कृषकले उत्पादन गरेको  ४ ट्रक आलु सङ्कलन गरेर अभियानको आरम्भ गर्नु भएका सुनुवारले प्रति केजी ४७ रुपैयाँमा बिक्री भइरहेको जानकारी दिनुभयो । गाउँमा प्रति केजी ३२ रुपैयाँमा खरिद गरेको आलु सङ्कलन र ढुवानी र सटर भाडाका कारण ४७ रुपैयाँ प्रति केजीका दरले बिक्री गर्नु परेको र बिक्री पनि  राम्रो सँग भइरहेको पनि सुनुवारले जानकारी गराउनु भयो ।

होलसेलको छुट्टै मूल्य छ । तर, बिक्री राम्रो छ सुनुवारले भन्नुभयो ।  यो पटक गोकुलगंगा गाउँपालिकामा मात्रै ३ सय ट्रक भन्दा माथि सम्म आलु फेलेको अनुमानका आधार र कृषकहरूको मनोबल नखस्कियोस् र प्रचार प्रसार होस  भन्नका लागि पनि आफूले यसको व्यापार 

आरम्भ गरेका पनि सुनुवारले बताउनु भयो ।  उहाँले आलुबाट सुरु भएको आफ्नो गोकुलगंगाको यात्रालाई यसै वर्षको  किवी र अन्य फलफूल सँगै पनि जोड्ने लक्ष्य रहेको जानकारी पनि गराउनु भयो । 

Share20Tweet13Share4

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३ भाद्र २०८०, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

३ भाद्र २०८०, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

३ भाद्र २०८०, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३ भाद्र २०८०, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

३ भाद्र २०८०, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.