Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप  जिल्ला अस्पतालको सेवा सबैजसो निःशुल्क

नेपाल अभियान नेपाल अभियान
४ भाद्र २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २ भदौ । जिल्ला अस्पताल रामेछापबाट पाउने सबैजसो सेवा निःशुल्क  भएको छ  नेपाल सरकार बागमती प्रदेश सरकारले यही भदौ १ गते देखी  लागु हुने गरी अस्पतालको जनरल बेड पनि बिरामीहरूका लागि निःशुल्क गरे सँगै अस्पतालबाट उपलब्ध अधिकांश सेवा निःशुल्क भएको हो ।

  बागमती प्रदेश सरकार मातहत रहेको जिल्ला अस्पताल रामेछापको  नयाँ भवन सहितको नयाँ संरचना थपिएका विज्ञ चिकित्सक सहितको जनशक्ति र सबै खाले श्रोत साधनले पुणर््ा भएसंगै अस्पतालको सबै सेवा लोभलाग्दो पनि  भएको हो । २ जना विशेषज्ञ चिकित्सक सहित ११ जना डाक्टर रहेको उक्त अस्पताल श्रोत र साधनको हिसाबले पनि उत्तिकै भरपुर रहेको जिल्ला अस्पताल  समितिका अध्यक्ष यम कुमार पाख्रिनले जानकारी दिनु भयो  ।

 उपचार  प्रणाली र सेवामा आएको गुणस्तरका कारण दैनिक उपचारको लागि आउने सेवाग्राहीहरूको सङ्ख्यामा समेत वृद्धि भएको छ । जस अनुसार दैनिक १ सय देखि १ सय ३० जना बिरामीहरू उपचारको लागि अस्पतालमा आउने गरेका छन् । 

प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको  निर्णयको आधारमा भदौ १ गतेदेखि  जनरल बेड सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउन थालेको जिल्ला अस्पतालले कोभिडको स्वास्थ्य परीक्षण,डेँगो रोग,टाई फाइट,मलेरिया,एस्क्रब सेवा,सर्किजल सहितको  प्रसूति सेवा र सर्किजल सेवा, बिरामीहरूका लागि दिनहुँको खाना र जाख समेत निःशुल्क गर्दे आएको अस्पतालका एम डी जीपी डाक्टर मनोज कुमार यादवले बताउनु भयो । त्यस बाहेक प्रदेश सरकारले ल्याएको मुख्य मन्त्री सँग जनता कार्यक्रम अन्तर्गत हरेक हप्ता विशेषज्ञ सहितको मुख्य रोगहरूको विशेष  परीक्षण र होल बडी सेवा समेत दिँदै आएको पनि डाक्टर यादवले बताउनु भयो । बाँकी उपचारको हकमा दैनिक स्वास्थ्य बिमा गरेकाहरूलाई पनि बिमा कार्डको आधारमा पनि अस्पतालले सेवा दिइरहेको छ । त्यस बाहेक अस्पतालले रामेछाप नगरपालिका सँगको सहकार्यमा रामेछाप नगरभित्रका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको छ  ।

त्यसैगरि  अस्पतालले छुट्टै सामाजिक सेवा ईकाई स्थापना गरी, असहाय, अपाङ्गता त्यसमा पनि क र ख वर्ग विपन्न, बेवारिसे बिरामीहरूको उपचार लाई पनि थप व्यवस्थित गराएको छ । उपचार सेवाको गुणस्तरीयता सँगै अस्पताल बाहिर र भित्रको स्वस्थ वातावरणले पनि यसको सेवालाई थप रहर लाग्दो र मजबुत  बनाएको उपचारको लागि अस्पताल पुग्नु भएका मन्थली नगरपालिका ४ का सेवाग्राही राम श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो मैले सुनेको आधारमा यति राम्रो सेवा र सुविधा पाइन्छ भन्ने त कल्पना नै गरेको थिइन् । अस्पतालले उपलब्ध गराएको सेवाबाट आफू निकै  प्रभावित भएको पनि श्रेष्ठले बताउनु भयो । आइन्दा उपचारका लागि आफू मात्र नभएर अरूलाई पनि जिल्ला अस्पतालमा जान सुझाव दिन्छु  श्रेष्ठले  भन्नु भयो  ।

सेवालाई कसरी गुणस्तरीय र सेवाग्राही मैत्री बनाउन सकिन्छ भन्ने बारेमा आफूले चिकित्सक, अस्पताल व्यवस्थापन समितिकै बैठक र अन्य विज्ञहरु सँग पनि छलफल र परामर्श लिने गरेको पनि अध्यक्ष यम पाख्रिनले जानकारी गराउनु भयो । एक मात्र एम्बुलेन्स भएकोले समस्या बेहोर्दे आएको  जिल्ला अस्पतालमा आफ्नो पहलमा भर्खरै मात्र आधुनिक उपचार प्रणाली सहित जडान गरेको थप अर्को एम्बुलेन्स पनि सञ्चालनमा आएको पनि अध्यक्ष पाख्रिनले जानकारी गराउनु भयो । त्यसबाहेक  जिल्ला अस्पताल रामेछापमा हाल हर्नियाँ, हाइड्रोशील र प्रसूति शल्यक्रिया, अक्सिजन सहितको स्वास्थ्य सेवा, दन्त सेवा, आँखाको सेवा, डाइलसिस सेवा, जनरल ओपिडी सेवा लगायत अन्य सेवाहरू समेत सुचारु अवस्थामा रहेका छन् । 

अस्पतालको गुणस्तरीय सेवा र जनशक्ति व्यवस्थापनमा रामेछाप नगरपालिकाले पनि सहयोग गर्दे आएको रामेछाप नगरका प्रवक्ता समीर कार्कीले बताउनु भयो । जिल्ला अस्पतालको सेवा लाई गुणस्तरीय र प्रभावकारी बनाउन नगरपालिका उत्तिकै गम्भीरताका साथ लागि परेको पनि कार्कीले जानकारी गराउनु भयो । जसका कारण पछिल्लो समयमा जिल्ला भित्र र बाहिरका बिरामी समेत उपचारका लागि दैनिक रूपमा आउने गरेका छन् ।  

Share14Tweet9Share3

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

४ भाद्र २०८०, सोमबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

४ भाद्र २०८०, सोमबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

४ भाद्र २०८०, सोमबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

४ भाद्र २०८०, सोमबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

४ भाद्र २०८०, सोमबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

४ भाद्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.