मन्थली,६ भदौ । नेपाल माझी उत्थान सङ्घ रामेछापले मन्थली नगरभित्रका सबै वडामा आफ्नो सङ्गठन विस्तार गर्ने काम सम्पन्न गरेको छ । उसले जिल्लामा रहेका माझी समुदायहरूलाई सङ्गठित गर्दै जाने सङ्घको लक्ष्य अनुसार मन्थलीका सबै वडामा पुगेर समिति निर्माण गरेको हो ।
आफ्नो अभियानलाई सफल बनाउँदै माझी जातिको राजनीतिक आर्थिक र सामाजिक अनि पारिवारिक रूपमा समेत एकताबद्ध बनाउने उद्देश्यले मन्थली नगरमा आरम्भ गरेको अभियान बिहीबारको कार्यक्रम पछि विसर्जन भएको काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझीले जानकारी दिनु भयो ।
अभियानमा काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझी,नेपाल माझी उत्थान सङ्घ जिल्ला जिल्ला शाखा रामेछापका वरिष्ठ उपाध्यक्ष मनोज माझी र सचिव मञ्जु माझी तथा जिल्ला समितिका पदाधिकारी लगायतका माझी अगुवाहरूको सहभागिता रहेको थियो । वडा मार्फत पालिका र पालिका पछि अभियानलाई जिल्लाभर सञ्चालन गर्नै पनि बालकृष्ण माझीले जानकारी दिनुभयो ।
मन्थली नगरपालिका भित्र रहेको माझी गाउँमा कुल १३ वटा टोल कमिटी गठनको काम बिहीबार बाट पुरा गरेको छ । अभियानमा सहयोग र सहकार्य गर्नु हुने सबै नगर बासी माझी हरू जिल्ला कमिटी साथी हरू समेतलाई जिल्ला समितिले सहयोग लागि धन्यवाद दिँदै अभियान सफल बनाउन लागि पर्ने सबै प्रति हार्दिक आभार पनि प्रकट गरेको काठमाडौँ रामेछाप सम्पर्क समिति का अध्यक्ष बालकृष्ण माझीले जानकारी दिनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया