Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वालमैत्री स्थानीय शासन लागु गर्ने कुरामा मन्थली नगर गैर जिम्मेवार

नेपाल अभियान नेपाल अभियान
८ भाद्र २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
223
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,८ भदौ । रामेछापको  राजधानीको रूपमा रहेको मन्थली नगरपालिका वालमैत्री स्थानीय शासन लागु गर्नै कुरामा गैर जिम्मेवार देखिएको छ । नगर कार्यपालिकाको बैठकले २०७९ सालबाट विधिवत् रूपमा सुरु गरेको वालमैत्री स्थानीय शासनको कार्यान्वयनको सन्दर्भमा डाकिएको छलफलमा  बहुसङ्ख्यक वडा अध्यक्षहरूले अनुपस्थिति देखाएका कारण नगरको  गैर जिम्मेवारीपन  पुष्टि भएको हो । 

 

नगर कार्यपालिकाको पूर्ण बैठकले गरेको निर्णयका आधारमा वालमैत्री स्थानीय शासन  २०८१ जेठ मसान्तसम्म १४ वटै वडा कार्यालय मार्फत घोषणा गर्ने अभियान अन्तर्गत शुक्रवार हाल सम्मको प्रगतिका बारेमा समीक्षा गर्न र  आवश्यक सूचकहरू प्राप्ति सँगै जिल्लाका सरोकारवाला निकायको भूमिकाका बारेमा छलफल गर्नका लागि नगर प्रमुख उप प्रमुख र वडा अध्यक्ष सहित सरोकारवालाको बैठक डाकिएको  थियो ।

घोषित मिति भित्र कार्यक्रम सफल पारेरै छोड्ने कार्य योजना बनाएर यात्रालाई तीव्र बनाएको मन्थली नगरको उक्त कार्यक्रमको सफलताका लागि वडा अध्यक्षहरू, राजनीतिक दल,सञ्चार माध्यम र गैर सरकारी संस्थाहरू,वाल समूह हरूका प्रतिनिधीहरुलाई पनि आमन्त्रण गरिएको थियो । तर उक्त कार्यक्रममा वडा नं १,४,६,९,१०,११,१२,१३ र १४ का समेत गरी ९ जना वडा अध्यक्ष सहभागी भएनन् । जबकि उक्त कार्यक्रममा वडा अध्यक्ष अनिवार्य सहभागी भएर आफ्नो वडाको हाल सम्मको अवस्था र भावी कार्यदिशाको बारेमा छलफल गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

        वडा अध्यक्ष सँगै आन्तरिक बैठकको कारण देखाउँदै  उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत पनि दिन भर कार्यक्रममा सहभागी थिएनन् । उनीहरू कार्यक्रम समापन सत्रमा मात्र सहभागी हुन पुगेका थिए ।त्यस बाहेक नेकपा एमालेका प्रतिनिधि बाहेक अन्य कुनै राजनीतिक दलका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिएनन् । कार्यक्रममा नगर प्रमुख वडा नं २,३,५,७,८का  वडा अध्यक्षहरू र शाखाका कर्मचारी मात्र  सहभागी थिए । त्यस बाहेक संचारकर्मि र गैर सरकारी संस्थाका प्रतिनिधिहरूले भने कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । 

  नगर विकासको मुख्य कडीको रूपमा परिभाषित यस खालको कार्यक्रममा जिम्मेवार वडा अध्यक्ष,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत र जिम्मेवार राजनीतिक दल समेत सहभागी नहुनुलाई सरोकारवालाहरूले गैर जिम्मेवारीपनको पराकाष्ठा भनेका छन् । कार्यक्रममा सहभागी वडा नं २ र ८का वडा अध्यक्षले कार्यक्रम स्थलमै यसलाई चरम गैर जिम्मेवारी पन भनेका छन् । उनीहरूले यो कार्यक्रम लक्षित मितिमा गर्न नसके हुन सक्ने क्षतिको जिम्मा कसले लिन्छ भन्दै गम्भीर हुन पनि सरोकार पक्षलाई आग्रह गरे । 

बालमैत्री स्थानीय शासन व्यवस्था लागु गर्नका लागि पूरा गर्नुपर्ने विभिन्न ५१ वटा सूचक प्राप्तिका लागि नगरपालिका लागि परेको छ ।  यही अभियान अन्तरगत शुक्रवार बालमैत्री स्थानीय शासनयुक्त वडा, नगरपालिका घोषणा तथा दिगोपनामा सञ्चारकर्मी तथा सङ्घ संस्थाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका महिला, बालबालिका तथा सामाजिक परिचालन शाखाकी महिला विकाश निरीक्षक एवं बालमैत्री स्थानीय शासन फोकल पर्सन भगवती तामाङले नगरमा बालमैत्री स्थानीय शासन लागु गर्नका लागि अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले नगरमा वालमैत्री स्थानीय शासन लागु गर्न १४ वटा वडामा दुई सय बाल समूह र १५ वटा बाल समूह सञ्जाल गठन भएको बताउनुभयो । अहिलेसम्म बाल समूह र बाल समूह सञ्जालमा एक हजार ८१४ बालक र दुई हजार १५५ बालिका गरी तीन हजार ९४९ जना बालबालिका आबद्ध भएको जानकारी पनि दिनु भएको थियो ।

त्यो सँगै वहाँले  घरधुरी सर्वेक्षण, शिक्षा, स्वास्थ्य लगायत सरकारले निर्धारण गरेको ५१ वटा सूचक प्राप्तिका लागि काम भइरहेको जानकारी पनि गराउनुभयो ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समृद्ध नेपाल सुखी नेपाली जुन परिकल्पना छ त्यसलाई पुरा गर्ने आधारका रूपमा बालमैत्री स्थानीय शासन लागु गर्ने अभियानमा मन्थली नगरपालिका लागेकोमा वडा अध्यक्षको अनुपस्थितिले असहजता महसुस भएको बताउनुभयो । उहाँले कार्यपालिकाले निर्णय गरेर लागु गरेको कार्यक्रम असफल भयो भने जिम्मा कसले लिने । यसो भयो भने त्यसको घाटा आम नगर वासीलाई हो कि नगर प्रमुखलाई हुने हो भनी प्रति प्रश्न गर्नु भयो । यसमा चित्त नबुझे बैठकमा निर्धक्कताका साथ छलफल गर्न पनि प्रमुख श्रेष्ठले आग्रह गर्नु भयो । उहाँले  यसमा सिङ्गो नगरपालिका दोषी हो भन्न नमिल्ने पनि तर्क गर्नु भयो । 

वाल अधिकारको संरक्षण र यसको पूर्ण कार्यान्वयन गर्न नसक्दासम्म हामीले सोचे अनुसारको समृद्धि नआउने भएकाले बालमैत्री स्थानीय शासन लागु गर्न नगरपालिका लागि परेको बताउनुभयो । बालमैत्री नगरपालिका घोषणा गरेर मात्रै नहुने यसको दिगो कार्यान्वयनका लागि पनि गम्भीर बनेर लाग्नुपर्ने उहाँको भनाइ छ । वालमैत्री स्थानीय शासन सहजकर्ता विष्णु प्रसाद चतुर्वेदीले उक्त कार्यक्रमको  सहजीकरण गर्नुभएको थियो । 

Share89Tweet56Share16

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ भाद्र २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ भाद्र २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ भाद्र २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ भाद्र २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ भाद्र २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

८ भाद्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero