Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रशासनद्वारा लिखु तामाकोशीवाट १६ वर्ष पारी नागरिकता वारिको अभियान आरम्भ 

नेपाल अभियान नेपाल अभियान
१७ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ भदौ  ।  जिल्ला प्रशासन कार्यालय रामेछापले शनिवार देखी जिल्लाको लिखु तामाकोसी गाउँपालिकाबाट १६ वर्ष पारी नागरिकता जारीको  अभियान आरम्भ गरेको छ । पालिका भित्र रहेका सबै जन प्रतिनिधिहरूलाई अपराध नियन्त्रण सम्बन्धी सचेतना तथा जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवाको बारेमा जानकारी लिने दिने  र समाजमा हुने सबै खालको अपराध न्यूनीकरण तथा नागरिकले पाउने सेवा सुविधा कसरी  सहज रूपमा सम्पादन गर्ने वातावरण बनाउने मुख्य उद्देश्यका साथ  जिल्ला प्रशासनले यो अभियान धोबी बजार बाट सुरु गरेको हो ।

जिल्लाका आठ वटै स्थानीय तहमा क्रमशः यो अभियान सञ्चालन गर्नै तयारी स्वरूप  १६ वर्ष पारी नागरिकता जारी अभियानलाई लैजाने गरी जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा लिखु तामाकोसी गाउँपालिकाबाट कार्य आरम्भ गरेको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो । उहाँका अनुसार  ‘‘छोरा हुन् वा छोरी १६ वर्ष पूरा हुने बित्तिकै नागरिकता बनाइदिने कुरामा अभिभावकले जानकारी पाउनु नै पर्छ ।  यसमा अज्ञानताको कारणले कतिपय सर्वसाधारण नागरिकले समयमा नै नागरिकता नलिँदा धेरै दुःख खेप्नु परेको आदी कारण  अभियानलाई  सबै पालिकामा सञ्चालन गर्ने तय भई सकेको छ । 

कार्यालयमा काम तामेलीका लागि जाने नागरिकहरू कतिपयले सरकारी कागजात  बनाउन आवश्यक कागजातको बारेमा जानकारी नहुँदा  दुःख पाउने गरेको र त्यसबारेमा जनप्रतिनिधिलाई पनि  जानकारी होस भन्नका लागि पनि  अभियान सुरु गरिएको जानकारी पनि प्रजिअले सो अवसरमा गराउनु भयो  । हामीले  ‘नागरिकता मात्रै पनि समयमा बनाइदिने हो भने पनि  धेरै समस्या समाधान भएर जाने अनुभव पनि प्रजिअले सुनाउनु भयो ।  समयमा नागरिकता नबन्दा कतिपय महिलाहरूले धेरै दुःख पाएका छन्, समयमा नै नागरिकता बनाइदिने कुरामा जनप्रतिनिधिको मुख्य ठुलो भूमिका हुने भएकोले पनि अभियानलाई गाउँ लानु परेको पनि प्रजिअको भनाई रहेको छ ।

कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले जुनसुकै  ‘नागरिकहरूको मूल कागजात भनेकै  नागरिकता भएकाले उसको नागरिकता समयमा नै बनाइदिनु अभिभावक र राज्यको पनि दायित्व हो । त्यो सँगै नागरिकता र अन्य कागजात तयार गर्न के कस्ता कागजात आवश्यक पर्छ भनेर जन प्रतिनिधिहरू समेतलाई बुझाउनका लागि पनि  अभियान सार्थक हुने प्रमुख महतको भनाई रहेको छ ।  प्रशासन कार्यालयले थालेको यो अभियानले हामीलाई धेरै कुराको जानकारी हुनुका साथै यसले थप जिम्मेवार समेत बनाएको पनि उहाँले दिनु भयो । 

सो अवसरमा अध्यक्ष महतले पछिल्लो समयमा एकले अर्कालाई दोष दिएर समाजलाई उत्तेजित बनाउने काम भइरहेको बताउँदै उहाँले यसलाई नत्यागे समाज परिवर्तन हुन नसक्ने बताउनुभयो । समाजको वस्तुस्थिति एकातिर र समाजको अपेक्षा अर्कोतर्फ भएको कारण पनि समस्या रहेको उहाँको भनाइ छ । यसलाई न्यूनीकरण गर्न सरोकारवाला सबै संगको सहकार्य गरेर अघि बढ्नु पर्नेमा पनि उहाँले ध्यानाकर्षण गराउनु भयो । सर्व साधारण नागरिकहरूले पनि प्रशासनको १६ वर्ष पारी नागरिकता जारी अभियानको प्रशंसा गरेका छन् । 

कानुनी व्यवस्था र आवश्यक कागजात लगायतका कुरामा जानकारी दिने यस्तो अभियानलाई वडा तहसम्म तलसम्मै लैजानु पर्ने सर्व साधारणको भनाई रहेको छ ।  यसलाई विभिन्न संघ संस्था र राजनीतिक दलका कार्यक्रममा समेत जोडाउन सक्नको हो भने यो अभियानमा अपराध अन्तर्गत लागू औषध, लैङ्गिक हिंसा, साइवर सुरक्षा, बलात्कार र आत्महत्या र त्यसको न्यूनीकरण र रोकथाममा सहयोग पुग्ने विश्वास पनि गरिएको छ । 

Share16Tweet10Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ भाद्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ भाद्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ भाद्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ भाद्र २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ भाद्र २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१७ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero