Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको भँगेरीमा पनि लाखे नाच 

नेपाल अभियान नेपाल अभियान
२० भाद्र २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
71
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० भदौ । रामेछाप नगरपालिका वडा नं ८ भँगेरीमा बसोबास गर्दै आएका  नेवार समुदायले हरेक वर्ष देखाउँदै आएको  लाखे नाच आज प्रदर्शन गरिएको छ । स्थानीय नेवार समुदायले संस्कृतिको जगेर्ना स्वरूप परापूर्व काल देखि देखाउँदै गरेको लाखे नाच भँगेरी लाखे नाच सांस्कृतिक समूहको अगुवाइमा प्रदर्शन गरिएको हो । 

 कृष्ण अष्टमीका दिन  भँगेरी कृष्ण मन्दिरबाट आरम्भ भएको उक्त नाच   धारा पानी शिव मन्दिर र झगरे चउर सम्म पुगेर  प्रदर्शन भई सकेको र दिनभर रामेछाप बजार,निसान भगवती मन्दिर माथिल्लो बजार र हिलेपानीको पाले बन हुँदै रातिको १२ बजे भँगेरी कृष्ण मन्दिरमा पुगेर श्रीकृष्णजीको जन्म सँगै लाखेको वध गरेपछि कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ । 

विशेष गरी स्थानीय नेवार समुदायका मृत पितृहरूको स्मरणमा र नेवार समुदायको संस्कृतिको जगेर्ना स्वरूप हरेक वर्ष  प्रदर्शन गरिँदै आएको लाखे नाच२०७६ सालमा कोरोना भाइरसको कारणले रोकिएको भए पनि यस वर्ष लाखे नाच  तिन दिन विशेष  कार्यक्रम सहित देखाइएको  भँगेरी लाखे नाच सांस्कृतिक समूहका अगुवा   गौतम कुमार श्रेष्ठले जानकारी दिनु भयो । नेवारी समुदायका महिला र पुरुषहरूको मात्र प्रस्तुति रहेको उक्त नाचमा गाईजात्रे व्यङ्ग्य, धार्मिक तथा सामाजिक संस्कृति र  भेसभुसा सहितको उत्कृष्ट प्रस्तुति रहेको छ । उक्त लाखे नाच भदौ २१ गते विधिवत् रूपमा कृष्ण रथारोहण गरी पूर्ण  रूपमा समापन गरिने परम्परा र कार्यक्रम तय भएको पनि आयोजकले पक्षले बताएको छ ।  

हरेक वर्षको भाद्र शुक्ल पूर्णिमा अर्थात् गाईजात्राको दिन देखि सुरु गरिने उक्त नाच श्रीकृष्ण जन्माष्टमीको रात समापन गर्ने प्रचलन रहेको छ । लाखे नाच रामेछापको भँगेरी सँगै मन्थली ,चिसापानी र ठोसे बजारका नेवार समुदायले पनि मनाई रहेका र सबै ठाउँमा  कृष्ण जन्माष्टमी आजकै रात  समापन गर्ने कार्यक्रम रहेको छ । 

Share28Tweet18Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० भाद्र २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० भाद्र २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० भाद्र २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० भाद्र २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० भाद्र २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० भाद्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero