रामेछाप २१ भदौ । सुना पति गाउँपालिका वडा नं १ गुन्सिमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर कृष्ण मन्दिरको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले एक औपचारिक कार्यक्रमका बिच नव निर्मित मन्दिरको उद्घाटन गर्नु भएको हो । मन्दिरको उद्घाटन गर्दे अध्यक्ष तामाङले नव निर्मित मन्दिर हिन्दु धर्मालम्वीहरुका लागि वरदान साबित हुने बताउनु भयो ।

स्थानीय अर्चले चौरमा निर्माण गरिएको उक्त मन्दिर पालिकाको आर्थिक वर्ष २०७९÷०८० को बजेट ५ लाख रुपैयाँको लागतमा बनेको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा उपाध्यक्ष गीता विष्ट र वडा अध्यक्ष ध्रुव प्रसाद चौल गाई र पूर्व वडाध्यक्ष सहितको उपस्थिति रहेको थियो ।
उक्त मन्दिरका लागि नेपाली काँग्रेस रामेछापका आमन्त्रित सदस्य खनियाँपानी निवासी रमेश खड्काले राधाकृष्ण भगवानको मूर्ति, गजुर र घण्टी सहयोग स्वरूप उपलब्ध गराउनु भएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । गाउँमा पहिलो कृष्ण मन्दिरको उद्घाटन भएपछि मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरु र सर्व साधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया