Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चन्द्रसिंह धामीको संयोजकत्वमा सुदूरपश्चिम  समाज  गठन 

नेपाल अभियान नेपाल अभियान
२२ भाद्र २०८०, शुक्रबार
in देश, समाचार
0
187
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ भदौ । 

गौरा पर्वको अवसर पारेर रामेछापको खाँडादेवीमा  भेला भएका  सुदूरपश्चिमेलीहरुले  रामेछाप समाजको तदर्थ समिति समेत गठन गरेका  छन्  । भेलाले रामेछाप जिल्लाका शैक्षिक अगुवा, शिक्षाविद् एवं दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भई लामो समय देखि रामेछापको  शिक्षण पेसामा रहँदै आउनु भएका चन्द्र सिंह धामीको संयोजकत्वमा  १३ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ । त्यसैगरि भेलाले ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ  । भेलाले तदर्थ  समिति मार्फत  आर्थिक कोष गठन गर्ने र उक्त कोषलाई संस्थागत गर्ने समेत  निर्णय गरेको छ  ।  

 सोही अवसर पारेर गौरा पर्व र देउडा नाचको बारेमा खासै प्रभाव नरहेको  रामेछाप जिल्लामा यस वर्ष देउडा नाचको पनि प्रदर्शन गरियो  । 

यस अघि सुदूरपश्चिमाहरुको कम उपस्थितिका कारण यस खालका औपचारिक कार्यक्रम नहुने गरेको रामेछापमा यस वर्ष भने औपचारिक रूपमा गौरा पर्व पनि मनाइयो र देउडा नाच पनि नाचियो  । सुदुरुपश्चिमको  विभिन्न जिल्लामा भएर कर्मथलो रामेछाप बनाई विभिन्न पेसा व्यवसायमा संलग्न  सुदूरपश्चिमेलीहरूले रामेछापको खाँडादेवी मन्दिर लगायत विभिन्न ठाउँमा भेला भएर जिल्लामा पहिलो पटक  गौरा पर्व  मनाएका हुन्  ।

३० वर्ष अघि शिक्षण पेसाको रूपमा रामेछाप आउनु भएका मन्थली माविका सहायक प्राचार्य चन्द्रसिंह धामीको अगुवाइमा केन्द्रीकृत भएका करिब डेढ सय सुदूरपश्चिमेलीहरुले आफ्नो लोकप्रिय र मौलिक 

पर्व गौरामा सहभागी भएर सुदूरपश्चिमकै झझल्को आउने गरी गौरा पर्व मनाए । रामेछाप जिल्लाको विभिन्न ठाउँमा रहेर  विभिन्न पेसामा संलग्न रहेका करिब डेढ सय जनाले एकै ठाउँमा भेला भएर कार्यक्रम उल्लास पूर्वक तरिकाले मनाएका थिए  । 

आम सहभागितामा मनाइएको गौरा पर्वले रामेछापलाई कर्मथलो बनाउँदै ‘जन्मथलो जान नपाएकाहरूलाई  पनि कर्मथलोमै पुगेर गौरा मनाएको अनुभूति हुने तरिकाले पर्व मनाएका थिए ।  आफ्नो संस्कृतिलाई संरक्षण गर्नुका साथै  सुदूरपश्चिमेलीहरूको संस्कृतिलाई रामिछापेली हरू सँग समेत सम्बन्ध जोडेर यसले  भाइचाराको सम्बन्ध कायम  राख्नुका साथै कर्मथलोमा आपसी सद्भाव कायम गर्न पनि सहयोग पुर्‍याउने भएकोले पनि यस वर्षबाट  आफूहरूले गौरा पर्व र देउडा संस्कृतिलाई पनि आरम्भ गरेको’सुदूरपश्चिमेलीहरुका अगुवा चन्द्र सिंह धमिले  बताउनु भयो ।

करिब डेढ सयको सङ्ख्यामा भेला भएका सुदूरपश्चिमेलीहरुले गौराको अवसरमा देउडा खेल समेत खेलेका थिए । सो अवसरमा रामेछापको मन्थली नगरपालिका ,रामेछाप नगरपालिका ,लिखु गाउँपालिका,गोकुल गङ्गा र उमाकुकुन्ड गाउँपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

Share75Tweet47Share13

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ भाद्र २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ भाद्र २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ भाद्र २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ भाद्र २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ भाद्र २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ भाद्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero