Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा निजामती दिवस रचनात्मक र सकारात्मक तरिकाले मनाइयो 

नेपाल अभियान नेपाल अभियान
२२ भाद्र २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
45
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ भदौ सदैव नागरिकको काममा लाग्नु पर्ने निजामती कर्मचारीहरूले हरुले निजामती सेवा दिवस २०८० विभिन्न रचनात्मक तरिकाले मनाएका छन् । विगत वर्षको तुलनामा यस वर्षको निजामती सेवा दिवसका अवसरमा अधिकांश कर्मचारीहरू उत्साहपूर्ण तरिकाले  कार्यक्रममा सहभागिता जनाएका थिए । व्यावसायिक सृजनशील प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित मनाइएको उक्त दिवस विगत वर्षको तुलनामा रचनात्मक र सकारात्मक तरिकाले सम्पन्न भएको पनि सहभागी हरुले बताउनु भएको छ । 

निजामती सेवा दिवसको उपलक्ष्यमा बिहीबार  जिल्ला अस्पताल रामेछापमा रक्तदान कार्यक्रम गरी दिवसको औपचारिकता सुरु गरेका कर्मचारीहरू मध्ये कुल  १८ जनाले रक्तदान पनि गर्नु भएको थियो  । 

  दिवसका अवसर शुक्रवार मन्थलीमा भेला भएका कर्मचारीहरूले  प्रशासन कर्मचारी र प्राविधिक कर्मचारी र हलुका सवारी चालक कर्मचारी  हरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि भएको थियो ।  कर्मचारी मिलन केन्द्र रामेछापको आयोजना र रामेछाप जिल्ला फुटबल सङ्घको सहरीकरणमा भएको उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रशासन समूह प्रथम,प्राविधिक समूह द्धितिय र हलुका सवारी चालक समूहले तृतीय स्थान प्राप्त गर्नु भएको थियो । सहभागी र विजेताखेलाडीहरुलाई बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ,मन्थली नगर प्रमुख लव श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी अनिता निरौला समेतले संयुक्त रूपमा  प्रमाण पत्र वितरण गर्नु भएको थियो   ।

त्यसैगरि दिवसकै अवसर पारेर रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा जिल्ला भरीका निजामती कर्मचारी,जन प्रतिनिधि र नागरिक समाजका अगुवाहरू समेतको उपस्थितिमा आयोजकले सकारात्मक सोच सम्बन्धी तालीम पनि दिएको थियो । 

निजामती कर्मचारीहरूको अन्तर जागृत उत्साह र बौद्धिक सक्षमताको अधिकतम उपयोग सेवा प्रवाहमा लगाउन सकियोस् भन्ने मूल उद्देश्यका साथ सञ्चालन गरिएको तालीममा अन्तर्राष्ट्रिय प्रशिक्षक लक्ष्मी प्रसाद आचार्य र प्रशिक्षक तार गिरिले सकारात्मक सोच मार्फत मानव जीवन र  व्यवहारमा अनि सेवा प्रवाहमा दिन र आउन सक्ने परिवर्तन र योगका बारेमा प्रशिक्षण दिनु भएको थियो । उक्त प्रशिक्षण अत्यन्तै व्यवहारिक र व्यक्ति अनि समाज परिवर्तनका लागि साधक हुने कार्यक्रमका प्रमुख अतिथि सांसद आनन्द श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो यस खालको  सोच र प्रशिक्षणलाई व्यवहारमा ढाल्ने प्रयास सबैले गर्ने हो भने परिवर्तन  धेरै टाढाको विषय होइन । समापनका क्रममा कार्यक्रमका अध्यक्ष प्रजिअ अनिता  निरौलाले सबैलाई धन्यवाद पनि दिनु भएको थियो । 

Share18Tweet11Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ भाद्र २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ भाद्र २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ भाद्र २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ भाद्र २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ भाद्र २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ भाद्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero