Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रशासनले सुरु गरेको “१६ वर्ष पारी नागरिकता जारी” अभियानको  सर्वत्र प्रशंसा 

नेपाल अभियान नेपाल अभियान
२४ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
114
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ भदौ  । जिल्ला प्रशासन कार्यालय रामेछापले “१६ वर्ष पारी नागरिकता जारी”को नाम दिएर सुरु गरेको  अभियानको सरोकारवालाहरूले प्रशंसा गरेका छन् । लिखु तामाकोसी गाउँपालिकामा काम गरेबाटै प्रशंसा कमाएको उक्त अभियानले शनिवार खाँडादेवी गाउँपालिकामा पुगेर गरेको काम बाट पनि  प्रशंसा नै कमाएको हो । 

जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने कामको बारेमा नबुझेका र बुझ्न बाँकी कुराहरूलाई जन प्रतिनिधिहरू र कर्मचारीहरूका रोहबरमा जानकारी गराउने उद्देश्यले गरेको कार्यक्रमका सहभागी जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले उक्त अभियानको प्रशंसा गर्दे यसलाई अक्षरशः पालना गर्दै सुशासन मुखी प्रशासन सञ्चालन गर्नु राज्यको दायित्व भएको र त्यसका लागि सबै पक्षको उत्तिकै सहयोग रहेको बताएका थिए ।

नागरिकले पाउने सेवा सुविधा  सहज रूपमा सम्पादन गर्दे सुशासनमुखी प्रशासन र जिम्मेवार जनप्रतिनिधीहरुमा पनि थप जिम्मेवारीको अनुभूति गराउँदै  सुशासनमा टेवा पुगोस् भन्ने मुख्य उद्देश्यका साथ  जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै पालिका सँगको सहकार्यमा अभियानको आरम्भ गरेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनु भयो । 

 

१६ वर्ष पारी नागरिकता जारी नाम दिएको अभियान भित्र उल्लेखित कुराहरू,कानुनी आधार हरू र तिनको सामान्य गडबडीले जनप्रतिनिधि र कर्मचारीहरू समेतमा आई पर्न सक्ने सम्भावित कानुनी जटिलता र त्यसबाट नागरिकहरूले पाउने दुःख आदीका बारेमा पनि पूर्ण जानकार र सचेत गराउन कार्यक्रमले सफलता पाउन सकोस् भन्नका लागि अभियानलाई जिल्लाका सबै पालिकामा सञ्चालन गर्न लागिएको पनि  प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु  भयो । यसको सफलताका लागि  कर्मचारी,जन प्रतिनिधि,राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि बिच भातृ मैत्री र सहयोग आवश्यक पर्ने हुँदा सबै गाउँ पालिकाहरूमा क्रमशः अभियानलाई जोड्दै जाने योजना पनि कार्यालयले बनाएको  जानकारी गराउनु भएको थियो ।   

कार्यक्रमको  विषय बस्तु सर्वसाधारण नागरिकहरुर र जन प्रतिनिधि तथा  कर्मचारी हरूका लागि पनि प्रभावकारी हुने भन्दै  अभियानमा सहभागी जन प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले पनि उक्त कामको  प्रशंसा गरे। शुसानमुखि प्रशासन र कुशल जनप्रतिनिधिका लागि कार्यक्रम निकै प्रभावकारी हुन सक्ने पालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो – भन्दा र सुन्दा सामान्य जस्तै लाग्ने प्रशासनको प्रस्तुति नागरिक मैत्री शासन र सु–शासनमुखी प्रशासनका लागि निकै व्यवहारिक र प्रभावकारी हुने रहेछ । त्यसैले यसको पूर्ण कार्यान्वयनका लागि  पालिका र वडा कार्यालय हरू समेतले गम्भीरता पूर्वक जाँगर देखाउनु पर्ने धारणा पनि अध्यक्ष श्रेष्ठले राख्नु भयो । 

कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता ध्रुवहरि ढुङ्गेलले पनि जिल्ला प्रशासन कार्यालयले सुरु गरेको  अभियान शुसानका लागि प्रशंसनीय रहेको बताउनु भयो । उहाँले भन्नु भयो –प्रशासनले गरेको प्रस्तुतिलाई हेर्दा अझै पनि नागरिकताको सिफारिस जन्म दर्ता,मृत्यु दर्ता तथा बसाई सराई जस्ता काम गराउनु पर्दा धेरै  अप्ठेरा र जटिलताहरू रहेका र यसलाई जन प्रतिनिधि र कर्मचारीले समन्वयात्मक पूर्वक काम गर्नू आवश्यक रहेको छ ।  

 कार्यालयमा काम तामेलीका लागि जाने नागरिकहरू कतिपयले सरकारी कागजात  बनाउन आवश्यक कागजातको बारेमा जानकारी नहुँदा  दुःख पाउने गरेको आफ्नो अनुभव पनि नेता ढुङ्गेलले सुनाउनु भयो ।

अर्का सहभागी माओवादी केन्द्रका नेता दीपक प्रसाईँले प्रशासन कार्यालयले सुरु गरेको अभियानले सरकारले परि कल्पना गरेको शुु शासन मुखी अभियानलाई पनि सफल बनाउने भएकोले यस बाट सर्व साधारण नागरिकहरूले पनि सुशासनको अनुभूति गर्न सक्ने बताउनु भयो । यसका लागि  जन प्रतिनिधि र कर्मचारी दुवै पक्षले जिम्मेवार भएर लाग्नु पर्नेमा पनि उहाँको जोड थियो । 

कार्यक्रमका अर्का सहभागी नेपाल बार एसोसिएसन रामेछापका अध्यक्ष पाण्डव प्रसाईँले अभियानलाई पूर्ण रूपमा व्यवहारमा ल्याउन सके सर्वसाधारण र जन प्रतिनिधहरुले जान अन्जानमा प्रहरी कस्टडिमा जानु पर्ने दिनको अन्त्य हुने  बताउनु भयो । उहाँले – नेपालको संविधानले गरेको सुशासनको परि कल्पनालाई साकार पार्न पनि अभियानले धेर थोर सहयोग पुर्‍याउने र नागरिकहरूमा राज्य माथि भरोसा र विश्वास गर्न सक्ने अवस्थाको सृजना हुने बताउनु भयो ।  अज्ञानताको कारण कतिपय सर्वसाधारण नागरिकले समयमा नै नागरिकता नपाउँदा धेरै दुःख खेप्नु परेको र जन प्रतिनिधिहरूले पनि जानेर या नजानेर गरेका गल्ती कमजोरीले भोग्नु पर्ने व्यवहारिक र सम्भावित कानुनी खतराबाट मुक्त पाउनका लागि पनि कार्यक्रम प्रभावकारी हुन सक्ने प्रसाईँको तर्क थियो । 

अभियानको आरम्भमा समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रामेछापका प्रहरी प्रमुख प्र नाउ होम बहादुर पराजुलीले प्रहरी र नागरिक बिचको सम्बन्ध नागरिक मैत्री हुनका लागि दुवै पक्ष बिच सुमधुर सम्बन्ध हुनु पर्ने बताउनु भयो । सो क्रममा वहाँले समाजमा  शान्ति सुरक्षा अमन चयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालयबाट वर्ष भरिमा  भए गरेका कामको फेहरिस्त पनि प्रस्तुत गर्नु भएको थियो । 

त्यसैगरि उहाँले पछिल्लो समयमा चेतनाको अभावमा अपराध र अपराधजन्य  क्रियाकलाप बढेको भन्दै त्यस वाट  किशोर किशोरी र महिलाहरू बढी प्रताडित रहेको र त्यसको न्यूनीकरणका लागि प्रहरीले गरेको प्रयास र   कानुनी उपचारका बारेमा पनि आफ्नो धारणा राख्नु भएको थियो । 

 पालीकाका प्रमुख, उप –प्रमुख,प्रमुख प्रशासकीय अधिकृत जिल्ला स्थित राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि  सबै वडा अध्यक्ष र सदस्यहरू वडा सचिव समेतको उपस्थितिमा दिनभर सञ्चालन गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सहजकर्ताको भूमिका प्रशासन कार्यालयका नासु लक्ष्मण भुजेलले गर्नु भएको थियो । सो अवसरमा उहाँले – प्रशासन कार्यालय र वडा कार्यालयले प्रवाह गर्ने सेवा र शुसानका लागी राज्य पक्षबाट भए गरेका प्रयासका बारेमा शृङ्खलागत र मिठो प्रस्तुति गर्नु भएको थियो ।

Share46Tweet29Share8

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ भाद्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ भाद्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ भाद्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ भाद्र २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ भाद्र २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero