Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा विविध कार्यक्रम सहित संविधान दिवस मनाइँदै 

नेपाल अभियान नेपाल अभियान
२७ भाद्र २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ भदौ  । संविधान दिवस २०८० रामेछापमा विभिन्न कार्यक्रम सहित मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्व पक्षीय समितिले आगामी असोज २,३ र ४ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यतासाथ संविधान दिवस मनाउने निर्णय गरेको हो । 

बैठकले दिवसका अवसरमा सबै सार्वजनिक महत्वका स्थानहरू, सरकारी कार्यालयहरू, सङ्घ संस्था र चोकहरूमा दीप प्रज्वलन गर्ने, भदौ २९ र ३० गते बिहान र बलुकाको समयमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र सुरक्षा निकायका बिचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकले दिवसकै अवसर पारेर सफल एवं आनन्दमय जीवन जिउन सहयोग पुग्नुका साथै सकारात्मक विचार सम्बन्धी तालीम  भदौ २९ गते दिउँसो ३ बजेबाट मन्थलीको  ॐ शान्ति चोक स्थित ॐ शान्ति भवनमा  सञ्चालन गरिने कार्यक्रम पनि तय गरेको छ ।

 त्यसैगरि असोज २ गते बिहान ७ बजे देवकोटा चोकमा रक्तदान कार्यक्रम, असोज ३ गते बिहान ७ बजे मन्थली माविबाट प्रभात फेरी कार्यक्रम मार्फत मन्थली बजार परिक्रमा गरी बसपार्क ट्राफिक बिट हुँदै तीनलाल स्मृति पार्कमा पुगेर कार्यक्रम औपचारिक रूपमा समापन गर्ने निर्णय पनि बैठकले गरेको छ  ।  त्यसैगरि  असोज ४ गते बिहान ७ बजे मन्थली बजार तथा  विभिन्न कार्यालय र चोकहरूमा सरसफाइ गर्ने, असोज २, ३ र ४ गते तीन दिन धार्मिक, सांस्कृतिक तथा पुराना सम्पदाहरुको सरसफाइ गर्ने पनि बैठकले गरेको छ । त्यसैगरि जिल्ला स्थित विभिन्न सञ्चार माध्यम हरुले संविधानको महत्वका विषयमा विभिन्न सन्देश तथा कार्यक्रमहरू प्रसारण तथा प्रकाशन गरेर दिवसलाई सार्थक र पूर्ण बनाउने समेत बैठकले निर्णय गरेको कार्यालयका नासु लक्ष्मण भुजेलले जानकारी गराउनु भयो  ।

Share22Tweet14Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२७ भाद्र २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२७ भाद्र २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२७ भाद्र २०८०, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२७ भाद्र २०८०, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२७ भाद्र २०८०, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२७ भाद्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.