रामेछाप ३ भदौ संविधान दिवस २०८० को अवसरमा रामेछाप कारागारबाट ३ जना कैदी जेल मुक्त भएका छन् । जेल मुक्त हुने हरुमा सर्लाही जिल्लाका राजेशचन्द्र सिंह,रामेछाप नगरपालिका ३ का दिल कुमार तामाङ र सुनापती गाउँपालिका ३ का सोम बहादुर तामाङ रहेका छन् ।
जिल्ला कारागार रामेछापमा रहेर विभिन्न सजायमा कैद सजाय भोगी रहेका उनीहरूलाई ४० देखी ५० प्रतिशत सजाय भोगी सकेका आधारमा बाँकी कैद मिनाहा गरेको हो । उनीहरू चोरी तथा कुटपिट मुद्दामा जेल परेका र नियमानुसार जेल सजाय कट्टा गरी कारागार बाट मुक्त गरिएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रूपलाल तामाङ्गले जानकारी दिए ।
उनका अनुसार कारागारमा रहँदा उनीहरूले गरेको असल आचरण र व्यवहारका आधारमा गृह मन्त्रालयलाई जिल्ला कारागारबाट सिफारिस भएपछि उनीहरूलाई संविधान दिवसको अवसरमा सजाय तोकेको मिति अगावै जेल मुक्त गरिएको पनि कारागार प्रशासनले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया