Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

नेपाल अभियान नेपाल अभियान
३ आश्विन २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
75
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ असोज ।  रामेछापमा संविधान दिवसलाई  सबैको साझा दिवसको रूपमा मनाइएको छ  । सबिधान दिवस  जिल्ला मूल समारोह समिति तथा जिल्ला प्रशासन कार्यालयको  आयोजना र मन्थली नगरपालीकाको ब्यवस्थापनमा मनाइएको संविधान दीवस २०८० मनाइएको हो । 

 देशमा संविधान जारी भएको ८ वर्ष पुरा भएको अवसर पारेर बुधवार बिहान मन्थली मावि अगाडि बाट सुरु गरेको प्रभात फेरी कार्यक्रमले मन्थलीको पूर्ण बजार परिक्रमा गरी स्थानीय तीनलाल मैदानमा पुगेर सभामा परिणत भएको थियो । दिवसलाई सार्थक बनाउनका लागि आयोजक प्रमुख जिल्ला अधिकारीले सबै किसिमका जात जाति र भाषा भाषी हरूलाई आ आफ्नो झाँकी सहित उपस्थितिका लागि आग्रह गर्नु भएको थियो । 

सोही आधारमा सयौँ राष्ट्रिय झन्डा र आ आफ्ना संस्था र कार्यालयका ब्यानर सहित  सहभागी भएका विभिन्न जात जाति र  भाषा भाषीहरूको झाँकी सहितको प्रस्तुतिले कार्यक्रमलाई रोचक बनाइएको थियो । जसका कारण विगतको  वर्षहरूमा भन्दा यो वर्ष रामेछापमा भव्यताका साथ संविधान दिवस मनाइएको जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीले बताउनु भयो ।  उहाँले भन्नु भयो– दिवसमा देखिएको समावेशी खालको उपस्थिति र प्रस्तुतिले संविधान दिवसको महत्वलाई उँचो बनाएको बताउनु भयो ।

दिवसका आरम्भमा विश्व हिन्दु महाँसंघ अन्तर्गत व्रह्मण र क्षेत्री समाजको सन्देश मूलक खैजेडी नाचको रोचक प्रस्तुति रहेको थियो । त्यसैगरि नेवार, र नेवारको लाखे नाच , मगर तथा माझी सङ्घ हरूको झाँकी र नृत्य तथा विभिन्न विद्यालयका बाल बालीकाको नृत्य सहितको साँस्कृत कार्यक्रम र उनीहरूको सम सामयिक प्रवचनले कार्यक्रमलाई रोचक र घोचक बनाएको थियो । त्यसैगरि कार्यक्रममा  क्रिश्चियन सङ्घ परिवारको पनि रोचक प्रस्तुति रहेको थियो । 

  दिवसलाई भव्य बनाउनका लागि सबैले र सबै पक्षबाट गरिएको प्रयास स्वरूप कार्यक्रम उपलब्धि मुलकनै भएको भन्न सकिने आफूलाई पनि लागेको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनु भयो । हामीले दिवसलाई सार्थक बनाउन संविधानको मर्म र भावना अनुरूप सबै पक्षको समावेशी र सबैमा संविधान प्रति  अपनत्व हुन सकोस् भन्ने परिकल्पनाका साथ कार्यक्रमको आयोजना गरिएको  पनि प्रजिअको भनाई रहेको छ ।

 कार्यक्रममा राजनीतिक दलहरू,कर्मचारी जिल्ला सुरक्षा निकाय र नागरिक समाज शिक्षक विद्यार्थी, विभिन्न जात जातिहरू तथा धर्मालम्बि सरोकारवाला र  सर्वसाधारण नागरिकहरूको पनि उत्साहजनक प्रस्तुति र सहभागिता रहेको थियो  । 

साप्ताहिक रूपमा सुरु गरेको दिवसको पहिलो दिन  भदौ २९ गते शुक्रवार देखि नै रामेछापमा संविधान दिवस विशेष कार्यक्रमहरू भएका छन् । भदौ २९ र ३० गते जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा जन  प्रतिनिधि, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र सुरक्षा निकायका बिचमा मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगिता हरू भएका थिए । कार्यक्रमका अवसरमा सबै मैत्रीपूर्ण खेलका सहभागीहरूलाई प्रमाण –पत्र पनि प्रदान गरिएको थियो । 

त्यसैगरि भदौ २९ गते मन्थली स्थित ॐ शान्तिको भवनमा सफल एवं आनन्दमय जीवनका लागि सकारात्मक विचार कार्यक्रम र असोज २ गते बिहान मन्थलीमा रक्तदान कार्यक्रम समेत भएको र उक्त कार्यक्रममा पनि सबै पक्षको उत्साहजनक उपस्थिति रहेको थियो । 

 कार्यक्रममा वाग्मती प्रदेश सदस्यहरू क्रमशः तारानारायण श्रेष्ठ, युवराज चौलागाईँ, आनन्द कुमार श्रेष्ठ,जिल्ला समन्वयकी प्रमुख चिना कार्की नेपाली काँग्रेस,नेकपा एमाले  नेकपा ए माओवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधित्व  समेतले नेपालको संविधान र यसको धरातल नेपाली नागरिकहरूको भविष्यका काफी भए पनि यसको कार्यान्वयनमा सबैले लाग्नु पर्नै धारणा व्यक्त गर्नु भएको थियो । 

पछिल्लो समयमा अस्थिर राजनीतिक कारण जन प्रतिनिधिहरूले आशातीत रूपमा काम गर्न नसक्दा नागरिकहरूमा निराशा देखिएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको वास्तविक राज्य व्यवस्थामा परिणत गर्नका लागि सबै शक्ति एक हुनु पर्ने कुरामा पनि वक्ताहरूले जोड दिनु भएको थियो । 

औपचारिक कार्यक्रम असोज ३ गते समापन भएको भए पनि कार्यक्रम अन्तरगत असोज ४ गते बिहीबार बिहान ७ बजे मन्थली बजार, विभिन्न कार्यालय र चोकहरूमा सरसफाइ गर्ने, असोज ४ गते मन्थली बजार आसपासका धार्मिक, सांस्कृतिक सम्पदाहरूको सरसफाइ गर्ने कार्यक्रम रहेको र उक्त कार्यक्रममा पनि सबैलाई सक्रिय सहभागी भइदिनु हुनका लागि पनि मूल आयोजक समितिकी अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आग्रह गर्नु भएको छ ।

Share30Tweet19Share5

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३ आश्विन २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

३ आश्विन २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३ आश्विन २०८०, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

३ आश्विन २०८०, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

३ आश्विन २०८०, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३ आश्विन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.