Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

नेपाल अभियान नेपाल अभियान
४ आश्विन २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
1000
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ असोज ।  आगामी असोज ८ र ९ गते राजधानी काठमाडौँमा  हुन लागेको  नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा  अध्यक्ष पदका कैलाश प्रसाद ढुङ्गेल अन्य सम्भावित प्रतिस्पर्धी भन्दा निकै अगाडि रहेका छन् । पार्टीमा गरेको निरन्तर योगदान र अनुभव र कार्यकर्ता बिचको जान पहिचानका आधारमा पनि ढुङ्गेल आफ्ना प्रतिस्पर्धी भन्दा अग्र मोर्चामा रहनु भएको हो  ।

पर्टिले अधिवेशनको मिति तोके  देखिनै आफूलाई अध्यक्ष पदमा दाबी गर्नु भएका ढुङ्गेलको सम्भावना पछिल्लो समयमा अरू बढेर गएको कार्यकर्ताहरूको दाबी रहेको छ । प्रदेश प्रतिनिधिका लागि   खाँडादेवी गाउँपालिकाबाट सर्व सम्मत भएर आउनु भएका  कैलाश ढुङ्गेल हाल  एमाले केन्द्रीय सदस्यसमेत रहनुभएको छ  । उहाँले २०३८ सालबाट कम्युनिस्ट पार्टीमा आबद्ध भएर सक्रिय पार्टी काम सुरु गर्नुभएको हो । 

त्यसबाट निरन्तर पार्टीको साङ्गठनिक अभियानमा जोडिँदै आउनु भएका  ढुङ्गेलले व्यवस्था परिवर्तनको लागि पञ्चायती शासन विरुद्धको  आन्दोलनमा सरिक भएबापत पञ्चायत कालमा पटक पटक गरी  लामो समय जेल जीवन पनि बिताउनु भएको थियो । उहाँले जिल्लाको मात्र नभएर बागमती प्रदेश भित्र पनि पुराना र कामयाबी नेताको रूपमा आफ्नो विशिष्ट पहिचान बनाउनु भएको छ । उहाँ २०४८ बाट लगातार तीन पटक पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष बन्नुभएको थियो । २०५४ सालमा जिल्ला विकास समिति रामेछापको सभापति, २०७४ मा बागमती प्रदेशसभा सदस्यसमेत हुनुभएका ढुङ्गेलले  बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्रीको अनुभव सम्हाल्ने अवसर पनि प्राप्त गर्नु भयो । मन्त्री हुँदा बखत प्रदेश,पालिका  र जिल्ला स्तरमा पनि विकासे मन्त्रीका रूपमा ढुङ्गेलले आफ्नो राम्रो छवि बनाउनु भएको थियो  । 

ढुङ्गेल सँगै वाग्मती प्रदेश सभा प्रतिनिधिमा एमालेका अर्का केन्द्रीय सदस्य मकवानपुरका कृष्णप्रसाद दाहाल  पनि प्रदेश अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु हुने चर्चा रहेको छ ।  त्यस्तै पार्टीको वाग्मती प्रदेश कमिटीका वर्तमान अध्यक्ष केशव पाण्डे र बाग्मती प्रदेशका पूर्व सभामुख सानु श्रेष्ठले  पनि एमाले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको एमाले श्रोतले बताएको छ । कामको अनुभव,कार्य क्षमता,योग्यता  र दक्षताका आधारमा पनि प्रतिस्पर्धी चार जनाको दौडमा रामेछापका एमाले नेता कैलाश ढुंगेलनै अग्र मोर्चामा देखिएकाले पनि उहाँको जित प्राय सुनिश्चित जस्तै रहेको कार्यकर्ताहरूको दाबी रहेको छ । 

Share400Tweet250Share70

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

४ आश्विन २०८०, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

४ आश्विन २०८०, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

४ आश्विन २०८०, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

४ आश्विन २०८०, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

४ आश्विन २०८०, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

४ आश्विन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.