Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

नेपाल अभियान नेपाल अभियान
४ आश्विन २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
79
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ असोज । बजार बासीको लामो पतिक्षा पछि  जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको सडक निर्माणको काम थालिएको छ । नगरपालिकाको मूल ढोकामै रहेको बजारको मूल सडक भत्किएर धुलाम्मे भएका कारण बजार वासी र यात्रीहरूका लागि पनि सास्ती बन्दै आएको थियो । 

 सडक निर्माण तथा मर्मत नहुँदा रामेछाप नगर पालिकाका जन प्रतिनिधिहरूले पनि निकै ठुलो तनावको सामना बेहोर्दे आएका थिए । सोही तनावका बिच पनि पटक पटकको प्रयास पछि बुधवार बाट सडक निर्माणको काम सुरु भएपछि बजारवासीहरूमा खुसी छाएको छ । मङ्गलवार रामेछाप नगरपालिकाको समन्वयमा सडक र अन्य क्षेत्रका प्रतिनिधिहरू समेतको बैठक बसी सडकका कारण देखिएको समस्यालाई दीर्घजीवी रूपमा  समाधान गर्नका लागि बुधवार बाटै काम थाल्ने गरी सहमति भएको थियो । सोही आधारमा माथिल्लो बजारदेखि तल्लो बजारसम्मको करिब १ किलो मिटर सडकको स्तरोन्तीको काम तत्काल सक्ने गरी काम सुरु गरिएको  रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो ।

त्यसका लागि साँघु टार सेल घाट सडक आयोजनालेनै काम गर्ने र तत्काल कालो पत्रेलाईनै काम चल्ने गरी सडक भत्काउने र सडक सम्म्याएर बेस हाल्ने गरी काम भइरहेको पनि प्रमुख न्यौपानेले जानकारी दिनु भयो । गर्ने कालोपत्रे  गर्ने जिम्मा लिएको सडक आयोजनाले समयमै काम नसक्दा रामेछाप बजारको अवस्था  अस्तव्यस्त बनेको हो । बजारको सडक अस्तव्यस्त हुँदा देखिएको समस्या समाधानका लागि गरिएको अनुरोधका आधारमा आयोजनाले काम थालेको हो । कालो पत्रेको काम एकै पटक सक्ने गरी हाललाई सडक भत्काएर बेस ओच्छयाउने काम गरी रोलरले पेल्ने हुँदा बजारको सुन्दरता र व्यवस्थापनलाई सहयोग पुग्ने गरी काम गर्नका लागि रामेछाप नगरपालिकाले आयोजनालाई निर्देशन दिएको हो ।

 २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्रमा सक्नुपर्ने गरी सम्झौता भएको थियो  । तोकिएको समय भित्र काम नसकिए पछि अहिले फेरी १७ महिना सम्मका लागि म्याद थप गरेर सडक आयोजनाले निर्माणको काम गरिरहेको छ ।

भारतीय एक्जिम बैङ्कमार्फत निर्माण हुँदै आएको रामेछाप सेल घाट साँघु टार कालोपत्रे सडकको जिम्मा भारतीय निर्माण कम्पनी टीसीआईएलले पाएको थियो । रामेछापको मन्थली नगरपालिका–६ सेल घाटदेखि रामेछाप बजार हुँदै साँघु टारसम्मको करिब ५० किलोमिटर सडक निर्माणको काम भइरहेको अवस्थामा बजार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको पनि नगर प्रमुख लब श्री न्यौपानेले जानकारी दिनुभयो ।

मङ्गलवार नगरपालिकाको कार्यालयमा रामेछापका प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ कान्छाराम,नगरपालिकाका जनप्रतिनिधि,सडक आयोजना कम्पनीका ठेकेदारहरूको बैठकमा नगरपालिकाले जति सक्दो चाँडो नजिकिँदै गरेका चाडबाडहरूलाई समेत लक्षित गरी काम सकाउन दिएको निर्देशन मुताबिक आयोजनाले काम सुरु गरेका हो  । 

Share32Tweet20Share6

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ आश्विन २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ आश्विन २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ आश्विन २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ आश्विन २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

४ आश्विन २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

४ आश्विन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero