रामेछाप ८ असोज । जबरजस्ती करणी गरेको आरोपमा उमाकुण्ड गाउँपालिकाका एक बालक सहित २ जना पक्राउ परेका छन् । छुट्टा–छुट्टै रूपमा भएको जर्बजस्ति करणीको आरोपमा एक बालक सहित दुई जना पक्राउ परेपछि उक्त घटना बाहिर आएको हो । विगतका वर्षहरूको तुलनामा पछिल्लो समयमा रामेछापमा जबरजस्ती करणीका घटनाहरू बढी रहेको पनि प्रहरीले जनाएको छ
जिल्ला प्रहरी कार्यालयले दिएको सूचना अनुसार उक्त आरोपमा पक्राउ पर्नेहरूमा उमा कुण्ड गाउँपालिका–३ का ४७ वर्षीय दिल बहादुर कार्की र १५ वर्षीय बालक सागर नाम परिवर्तन रहेका छन् । ४७ वर्षीय कार्की असोज ४ गते दिउँसो उमाकुण्ड गाउँपालिका–५ उरमाखु पाल्टारकि २८ वर्षीय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । आरोपित कार्कीलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
त्यसैगरी उमाकुण्ड गाउँपालिकामै बस्ने एक ६० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अर्का १५ वर्षीय बालक पनि पक्राउ परेका छन् । उमेरले पनि हजुर आमा समानकी महिलालाई जर्बजस्ति करणी गरेको बारेमा उनलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रमुख डिएसपी हाेम बहादुर पराजुलीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया