रामेछाप ९ असोज । विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा मन्थलीमा हुन लागेको जिल्ला अधिवेशन तथा धार्मिक सभाको तयारी तीव्र भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नु हुने उक्त धार्मिक सभा तथा जिल्ला अधिवेशनको लागि जिल्लाभरबाट प्रतिनिधिहरू मन्थली आउने भएका छन् ।
मन्थलीको बसपार्क नजिकैको होटेल एल्लो हाउसमा हुन लागेको उक्त अधिवेसनकोलागि आयोजक समितिले तयारीलाई तीव्र बनाएको छ । जसको लागि उप समिति समेत गठन भई काम भइरहेको समितिका जिल्ला सचिव नवीन केसीले जानकारी दिनुभयो । अधिवेशनलाई भव्य र सभ्य ढङ्गबाट सम्पन्न गर्नका लागि समितिले सबै पालिका बाट आएका प्रतिनिधि र अन्य पाहुना हरूलाई सदरमुकामै खानपिन र बसोबासको समेत व्यवस्था मिलाइएको छ ।
सभा तथा अधिवेशनमा करिब एक हजार मानिसहरू सहभागी हुने अनुमान सहित आयोजक पक्षले हल र खानपानको समेत सोही अनुसारको तयारी गरी रहेको र असोज १० गते बैठक बसेर तयारीका बारेमा समीक्षा गर्ने कार्यक्रमको समेत तय भएको पनि सचिव केसीले जानकारी दिनु भयो ।
अधिवेशनमा विभिन्न धर्मालम्बि र जात जातिहरूले आ आफ्नो भेष भूषा सहितको झाँकी प्रदर्शन गर्ने कार्यक्रम पनि आयोजकले तय गरेको छ ।कार्यक्रमलाई मर्यादित र संस्कारी बनाउनका लागि मन्थलीको भैसेश्वर चोक ,मन्थली मावि, मदन आश्रित चोक देवकोटा चोकबाट र्यालीको आरम्भ गरिने छ । विहीन सिङ्गो बजार परिक्रमा गरेपछि प्रभात फेरीका सबै सहभागीहरू होटेल एल्लो हाउसमा सहभागी भई खानपान गर्ने र सोही ठाउँमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम आयोजक पक्षले तय गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया