Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

नेपाल अभियान नेपाल अभियान
१० आश्विन २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
230
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० असोज । समाजले मृत्यु स्वीकार गरेको एकल महिलाको घटनालाई प्रहरीले हत्या प्रमाणित गरिदिएको छ । गत भदौ ६ गते रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ कोट गाउँकी ४५ वर्षीय एकल महिला सरिता तामाङको हत्यालाई गाउँलेहरूले सहज मृत्यु भनेको भए पनि  उक्त घटनालाई प्रहरीले भने शङ्काको घेरामा राखेर गरेको ३ हप्ते लामो अनुसन्धान पछि उक्त घटनालाई हत्या प्रमाणित गरी दिएको हो । घटना स्थलमा भेला भएका  गाउँलेहरूले भने  घटनाको पछाडि कसैको हात नभई सरिताको मृत्यु सहज ढङ्गले भएको भनी प्रहरीलाई बयान दिएका थिए ।

सरिताको मृत्यु भएपछि गाउँलेको सूचनाका आधारमा घटनास्थलमा धोबी प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक रोशन त्रिपाठीको नेतृत्वमा  प्रहरी टोली घटना स्थलमा पुगेको थियो । सोही आधारमा घटनाको प्रकृति मुचुल्का,गाउँलेहरूको बयान समेत लिएर फर्केको प्रहरीले भने उक्त घटनालाई  सहज रूपमा लिन सकेन र  घटना स्थलबाट केही शङ्कास्पद ् तथ्य सहित  घटनाको मुचुल्का बनाएर तामाङको शवको पोस्टमार्टम गर्न मन्थली पठाएर घटनालाई गम्भीरताका साथ  सूक्ष्म ढङ्गले अनुसन्धान प्रकृयालार्ई निरन्तरता दिँदै गयो । 

गाउँले र प्रहरी घटना स्थलमा  पुग्दा शौचालय अगाडि घोप्टो परेको अवस्थामा भेटिएको उक्त लासको टाउकोमा गहिरो चोट पनि लागेको थियो । जुन प्रहरी अनुसन्धानका लागि दर्बिलो आधार पनि बन्यो । एक वर्ष अघि मात्र श्रीमान् गुमाएकी सरिता गाउँको एकान्तमा घर भएका कारण घरमा एक्लै बस्दै आएकी थिइन । तामाङको एक मात्र २३ वर्षीय छोरा पनि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बस्दै आएका थिए । श्रीमान् गुमाएको पीडालाई सहँदै छोराको मुख हेर्दे र उसैका कारण आफ्नो र छोराको जीवनमा परिवर्तन आउने विश्वासमा छोरालाई विदेश पठाएर सरिताले  घर व्यवहार धान्दै आएकी थिइन्  ।

अनुसन्धानका क्रममा प्रहरीले  पाँच जना शङ्कास्पद व्यक्तिहरूलाई  सोधपुछ पनि गरेको थियो । प्रहरीले घटनालाई गम्भीर र महत्वका साथ  लिएको थियो । सोही आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख  डिएसपी होम बहादुर पराजुली आफै  घटनास्थलमा पुगेर घटनाको अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । जसका कारण पनि  अपराधी पत्ता लगाउन प्रहरीलाई  थप  बल पुर्‍यायो । 

भदौ ६ गते मृत्यु भएको सरिता प्रकरणको लामो अनुसन्धान पछि भदौ २७ गते  स्थानीय  वीर बहादुर तामाङले प्रहरी समक्ष सरिता तामाङको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरी प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनु भयो । गाउँलेहरूले सरिताको मृत्युलाई सहज भनेको भए पनि  प्रहरीले लामो अनुसन्धान पछि गरेको प्रयास र मेहनतको आधारमा हत्यारा पत्ता लगाउन  सफल भएको पनि पराजुलीले बताउनु भयो  । गाउँलेको मात्र कुरामा विश्वास नगरी हामीले धेरै मेहनत गरेर गरेको अनुसन्धानबाट मात्र अन्ततः हत्यामा संलग्न व्यक्ती पक्राउ गर्न सफल भएको पनि प्रमुख पराजुलीको भनाई रहेको छ ।’ 

घटना विवरण अनुसार –  भदौ ५ गते साँझ वीर बहादुर तामाङ सरिता तामाङको घरमा गएका थिए  । सामान्य भनाभन बाट निस्किएको दुई जनाबिचको विवादका क्रममा वीर बहादुरले प्रहार गरेको दाउराको चिरपटको चोटले  सरिताको मृत्यु भएको कुरा वीर बहादुरले प्रहरी समक्ष बताएका थिए । घटना स्थलको प्रकृति  हेर्दा सरिता तामाङ आफ्नै कारणले लडेर मृत्यु भएको जस्तै थियो । जुन कुरामा गाउँलेहरू पनि हत्या नभई मृत्यु नै भएकोमा निश्चित जस्तै थिए । किनकि घटनाको अवस्थालाई  पनि हत्याराले सोही अनुरूप व्यवस्थापन गरेको थियो ।

 बयानमा उनले आफूले सरितालाई  घोक्रयाउदा ढोकमा ठोकिएर टाउकोमा चोट लागी  लडेको  र आफूले कसैले पनि  थाहा नपाओस् भनेर शौचालय पट्टी फर्काएर काठको चिर्पट  राखेको पनि प्रहरी समक्ष बताएका थिए  ।  सोही तथ्यका आधारमा   भदौ २७ गते मात्र  प्रहरीले वीर बहादुरलाई हत्यारा पहिचान  गर्‍यो । 

हत्याको आरोपमा  पक्राउ परेका वीर बहादुर तामाङलाई अहिले प्रहरीले  जिल्ला अदालत रामेछापबाट   म्याद थपेर थप अनुसन्धान गरिरहेको पनि प्रहरी प्रमुख  डिएसपी होम बहादुर  पराजुलीले बताउनु भयो । उहाँले भन्नुभयो–प्रहरीले लामो समय लगाएर हात पारेको यो सफलताले ‘हत्यारा जो कोही भए पनि उम्कन  पनि सक्दैनन् र देशमा नियम कानुनका आधारमा ईमान्दार रूपमा काम गर्ने प्रहरी सङ्गठन  पनि छ भन्ने कुराको पुस्ट्याइँ गरेको छ । 

Share92Tweet58Share16

Related Posts

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि
देश

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

१० आश्विन २०८०, बुधबार
मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा
देश

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

१० आश्विन २०८०, बुधबार
धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट
प्रदेश नं ३

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

१० आश्विन २०८०, बुधबार
आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  
देश

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

१० आश्विन २०८०, बुधबार
मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

१० आश्विन २०८०, बुधबार
रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने
देश

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

१० आश्विन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.