Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवजागरण साकोसले मनायो आफ्नो २५ औ रजत महोत्सव तथा साधारण सभा 

नेपाल अभियान नेपाल अभियान
२० आश्विन २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० असोज ।जिल्लामा क्रियाशील रहेको  नवजागरण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औ रजत महोत्सव सँगै साधारण सभा एकै साथ सम्पन्न गरेको छ । उसले शनिवार सदरमुकाम मन्थलीमा  एक औपचारिक कार्यक्रमका बिच आफ्ना ज्येष्ठ नागरिक र असल शेयर सदस्य ,असल ऋणी र असल बचत कर्ता हरूलाई सम्मान समेत गरेर कार्यक्रम सम्पन्न गरेको हो । सम्मानित हुनेहरूमा ४ जना ज्येष्ठ सदस्य,३० जना असल शेयर सदस्यहरूलाई पनि सम्मान र पुरस्कार उपलब्ध गराइएको थियो । 

साधारण सभाको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पानसमा बत्ती बालेर गर्नु भएको थियो । सो अवसरमा उहाँले सबै सहकारी हरूलाई नीति र विधिका आधारमा काम गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो सहकारी अभियानमा कुनै संस्थाबाट गलत काम भएको पाइए त्यस्ता सहकारीहरूलाई  कानुनको दायरामा ल्याइने बताउनु भयो । उहाँले  – नव जागरण सहकारीको प्रस्तुत प्रतिवेदनले उसले समाजको आर्थिक विकासका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा पनि गर्नु भयो । उहाँले आफ्नो २५ औ वसन्त पारित गरेको नवजागरणका सञ्चालक हरूलाई अरू राम्रो काम गरेर जिल्लामानै अग्रणी सहकारीको रूपमा स्थापित हुन पनि आग्रह गर्नु भयो । 

 सो अवसरमा कोषाध्यक्ष नारायण कार्कीले आफ्नो प्रतिवेदन मार्फत २५ वर्ष अघि साबिकको मन्थली गाविस टेकनपुरका २५ जना अगुवाहरूले आरम्भ गर्नु भएको उक्त संस्थाले गत आवमा मात्र सबै खर्च कटाएर   एक करोड २६ लाख रुपैयाँ ८५ लाख तीन सय ४९ रुपैयाँ मुनाफा गर्न सफल भएको जानकारी पनि गराउनु भएको थियो । कोषाध्यक्ष कार्कीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार २५ वर्षको अवधिमा सो संस्थाको शेयर पुँ जि

 चार करोड ७६ लाख ८३ हजार २ सय रुपैयाँ, बचत रकम ५० करोड ५१ लाख ६६ हजार ८ सय ३० रुपैयाँ ९२ पैसा पुगेको छ । त्यसैगरि संस्थाले आर्थिक वर्ष ०७९÷०८० मा ४० करोड ५२ लाख ४ हजार ४९९ रुपैयाँ ऋण लगानी गरेको जानकारी पनि गराइएको थियो ।

कार्यक्रमका अवसरमा संस्थाका सचिव सोमेश थापाले सहकारीमा गत आव सम्ममा कुल ९ हजार २ सय ४९ जना शेयर सदस्य पुगेको जानकारी गराउँदै  आर्थिक वर्ष २०८०÷०८१ मा उक्त शेयर सदस्यबृद्धि गरी  कम्तीमा ११ हजार ५ सय पुर्‍याउने लक्ष्य संस्थाले लिएको जानकारी गराउनु भएको थियो । प्रतिवेदनमा आगामी एक वर्षको बिचमा  चुक्ता शेयर पुँजी ५ करोड ५० लाख रुपैयाँ र बचत रकम ५८ करोड रुपैयाँ पु¥याउने कुरा पनि  उल्लेख गरिएको छ ।

हाल संस्थाले मन्थली नगरपालिका संग्ौ रामेछाप नगरपालिका तथा लिखु र खाँडादेवी गाउँपालिकामा पनि आफ्नो कार्य विस्तार गरिसकेको जानकारी पनि सो अवसरमा गराइएको थियो । जिल्लाको सहकारी अभियानमा विभिन्न आरोह अवरोह पार गर्दे आएको उक्त संस्थाले गत अवमानै एसियाली स्तरको एक्सेस कार्यक्रममा सहभागी रहेको उक्त सहकारीले विभिन्न  विधा र समयमा सम्मानित भइसकेको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।  

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  जेएन दाहाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरेजिल्ला सहकारी सङ्घका महासचिव शिव राज श्रेष्ठ, लगायतका वक्ताहरूले नवजागरणले जिल्लाको सहकारी अभियानमा पुर्‍याएको योगदानको प्रशंसा गर्दे अरू राम्रो काम गर्दे अघि बढ्नका लागि सुझाव दिनु भएको थियो । 

Share20Tweet12Share3

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२० आश्विन २०८०, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२० आश्विन २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२० आश्विन २०८०, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२० आश्विन २०८०, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२० आश्विन २०८०, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२० आश्विन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.