Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली साकोसले सक्यो ३३ ठाउँमा  साधारण सभा 

नेपाल अभियान नेपाल अभियान
२३ आश्विन २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
92
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ असोज । जिल्लाको पुरानो सहकारी मन्थली साकोसले आफ्नो कार्यक्षेत्रको ३३  ठाउँमा  साधारण सभा सम्पन्न गरेको छ  । साबिकका विभिन्न गाउँपालिकाबाट अभियानको आरम्भ गरेको उसले मङ्गलवार रामेछाप बजारमा रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपानेलाई प्रमुख अतिथिको रूपमा सहभागी गराएर सभा गरेको हो । 

नगर प्रमुख न्यौपानेले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको साधारण  सभाको अध्यक्षता संस्थाका अध्यक्ष गोविन्द घिमिरेले गर्नु भएको थियो । सो क्रममा प्रमुख अतिथि न्यौपानेले जिल्लाको सहकारी आन्दोलनमा मन्थली बचतले पुर्‍याएको योगदानको प्रशंसा गर्नु हुँदै नगर भित्र रहेका सबै सहकारीहरूलाई विधि र प्रविधिका आधारमा रहेर नगरको विकासमा सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले नगर र नागरिकको संवृद्धि सँग जोडिएकोले सहकारीको विकासका लागी नगरपालिका पनि सकेको सहयोग गर्न तयार रहेको  बताउनु भयो । 

सञ्चालक समितिको बैठकको निर्णयका आधारमा २० असोजबाट साधारण सभाको यात्रा सुरु गरेको मन्थली साकोसले २७ असोजमा मन्थलीमा पुगेर आफ्नो २६ औ साधारण सभालाई पुनः औपचारिकता दिँदै आफ्ना ज्येष्ठ र उत्कृष्ट सदस्य हरूलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि तय गरेको छ। साधारण सभाको प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्कालाई आमन्त्रण गर्ने निणर् भएको संस्थाका सचिव हिमाल ढुङ्गेलले जानकारी दिनु भयो । 

मङ्गलवार सम्ममा मन्थली,रामेछाप,लिखु र खाँडादेवी गाउँपालिका समेतमा गरी ३३ वटा साधारण सभा सम्पन्न भइसकेका छन् । साबिकका गाविसहरूलाई कल्षटरको आधारमा विभाजन गरेको समितिले साधारण सभाका लागि अध्यक्ष गोविन्द घिमिरे सचिव हिमाल ढुङ्गेल  र कोषाध्यक्ष टीका भट्टको नेतृत्वमा तीन वटा टोली खटाएको र निर्धारित  मितिका आधारमा मङ्गलवार सम्ममा ३३ ठाउँमा  साधारण सभा सम्पन्न भएको संस्थाका व्यवस्थापक भेष बहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

गत असार मसान्त सम्ममा कुल सदस्य सङ्ख्या १५ हजार ८ सय २९ पुगेको उक्त साकोशले गत आव २०।७९। ८०मा खुद मुनाफा ५८ लाख ८ हजार ८ सय २५ कमाउन सफल भएको छ । त्यसैगरि संस्था सँग शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९ सय,बचत सङ्कलन ९१ करोड ७३ लाख ३९  हजार १सय ४७ रुपैयाँ रहेको छ भने  कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ रहेको पनि साकोसका कोषाध्यक्ष टीका भट्टको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Share37Tweet23Share6

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ आश्विन २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ आश्विन २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ आश्विन २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ आश्विन २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ आश्विन २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ आश्विन २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero