Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कृषि ज्ञान केन्द्र रामेछापले गर्‍यो सार्वजनिक सुनुवाइ

नेपाल अभियान नेपाल अभियान
२७ आश्विन २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ असोज  – कृषि ज्ञान केन्द्र रामेछापले शुक्रवार सदरमुकाम  मन्थलीमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी गत आवको प्रगति समीक्षा गरेको छ । केन्द्र मार्फत अघिल्लो आवमा भए गरेका काम र योजनाका अवस्था प्रति  कृषक र सरोकारवालाहरूको कुनै गुनासा भए सुनुवाइ गर्ने र आर्थिक वर्ष २०८० –८१ को कार्यक्रम सार्वजनिक गर्ने उद्देश्यले केन्द्रले जिल्लाका सरोकारवालाहरू समेतलाई राखेर शुक्रवार उक्त कार्यक्रमको आयोजना गरेको हो ।उत्पादन गरेको कृषि उत्पादनहरू खरिद गर्नेलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ ।

ज्ञान केन्द्रले शुक्रवार मन्थलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा ज्ञान केन्द्र रामेछापका प्रमुख मीन बहादुर पुनले दुवै कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । सो  क्रममा रामेछापका किसानले उत्पादन गरेको कृषि उत्पादनलाई खरिद गरेर यस वर्ष देखि  बजार व्यवस्थापन गर्नका लागि पनि केन्द्रले  प्रोत्साहन गर्नका लागि निश्चित  रकमको पनि व्यवस्था गरिएको पनि प्रमुख पुनले बताउनु भयो  । त्यसैगरि कार्यक्रममा कृषि क्षेत्रमा आएका कार्यक्रम, अनुदान र कृषकले सेवा प्राप्त गर्ने प्रक्रियाका बारेमामा पनि प्रमुख पुनले आफ्नो प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको थियो । 

सो अवसरमा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काले राज्यले कतिपय ठाउँमा दिएको अनुदानको दुरुपयोग भएको भन्दै आगामी दिनमा यस खालका गतिविधिलाई रोक्न सक्नु पर्ने बताउनु भएको छ  । उहाँले राज्यले गरेको लगानी खेर जान दिनु हुँदैन त्यसैले गुनासो आउन नदिने गरी काम गर्न पनि कार्यालयलाई आग्रह गर्नु भयो ।

कार्यक्रमका अवसरमा सहभागीहरूले यस अघि कतिपय ठाउँमा सरकारी अनुदानको रकम दुरुपयोग भएको ,स्थानीय , प्रदेश र सङ्घको कार्यक्रम एकै किसिमको भएका कारण डुब्लिकेसन हुने गरेको जस्ता गुनासाहरू पनि सार्वजनिक सुनुवाइका क्रममा गरेका थिए । त्यस्तै कृषि अनुदान दिँदा वास्तविक किसान पहिचान गरेर दिनु पर्ने अनुदान लिएकाले कार्यक्रम प्रभावकारी भए नभएको भनी कडा निगरानी राख्नु पर्ने र अनुदान लिएर दुरुपयोग गर्ने र प्रभावकारी कार्यान्वयन नगर्नेलाई पुनः अनुदान प्रदान गर्न नहुने लगायतका सुझाव पनि आएको थियो ।

सो अवसरमा प्रमुख पुनले कृषि ज्ञान केन्द्र रामेछापमा यस वर्ष चालुतर्फ ९ करोड ६४ लाख र पुँजीगत तर्फ ५ लाख ५० हजार गरी कुल बजेट ९ करोड ६९ लाख रुपैयाँ रहेको जानकारी पनि गराउनु भएको थियो । कार्यक्रमका अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी लगायत सञ्चारकर्मी र जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुख र तिनका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । 

Share16Tweet10Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ आश्विन २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ आश्विन २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ आश्विन २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ आश्विन २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ आश्विन २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ आश्विन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero