Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा सृजनशील टावर 

नेपाल अभियान नेपाल अभियान
२ कार्तिक २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
98
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २ कार्तिक । मन्थलीमा सृजनशील टावर सञ्चालनमा आएको छ ।  जिल्ला भित्र  र राजधानी काठमाडौँमा रहेर पनि जिल्लाको प्राज्ञिक विकासमा र विभिन्न रचनात्मक विकासको काम गर्दै आएको रामेछाप काठमाडौँ सृजनशील समाज नामक गैर सरकारी संस्थाले आफ्ना सदस्यहरू सँगको सहयोग र स्थानीय सरकार संगकोे समन्वयमा निर्माण गरेको हो । उक्त टावरको वडा अध्यक्ष होम प्रसाद पौडेल,डा सुमन कर्माचार्य र संस्थाका संयोजक  कृष्णहरि बुढाथोकी समेतले सामूहिक रूपमा उद्घाटन गरे सँगै उक्त टावर  बिहीबार बाट विधिवत् रूपमा सञ्चालनमा आएको हो ।  

सिँचाइ डिभिजन कार्यालय मन्थली भन्दा मुनि मन्थली नगरपालिकाको कार्यालय झर्ने लक्ष्मी नारायण मन्दिर  चोक देखिको करिब २ सय मिटर परको चक्रपथ घुम्तीमा  निर्माण गरिएको उक्त टावर मन्थली बजारको अत्यन्त मनमोहक ठाउँमा रहेको छ । बजारमा परिक्रमा गर्दे गर्दा र विशेष गरी गर्मीको मौसममा बिहान बेलुकाको यात्रा पछि सुस्ताउँदै मनमोहक मन्थली फाँट,सुन्दर मन्थलीको एयरपोर्ट र लोभलाग्दो हिमशृङखलाको दृश्यावलोकन गर्न पाइने भएकोले पनि निर्मित टावरको छुट्टै महत्त्व रहने डा सुमन कर्माचार्यले बताउनु भयो ।

संस्थाका पदाधिकारी र दानवीर सदस्यहरूबाट उठेको १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त फलामे टावरको निर्माण सँगै त्यसबाट स्थानीय र बाहिर पर्यटकहरू समेत सजिलै लाभान्वित हुने विश्वास संस्थाले लिएको छ  । टावरको  वरिपरि सर्वसाधारणलाई उभिएर दृश्यावलोकन गर्न र बस्नको लागि फलामे बेन्चीको पनि व्यवस्था रहेको संस्थाका अध्यक्ष विपीन भट्टराईले जानकारी दिनु भयो । 

टावरको निर्माण सँगै सृजनशीलले मन्थलीको सुन्दरतामा थप सहयोग पुर्‍याउनका लागि हाललाई मन्थली बजारको वाणिज्य बैङ्क चोक देखि प्रशासन कार्यालय जाने बाटो हुँदै उक्त बाटोको अन्त्य हुने ठाउँ लक्ष्मी नारायण चोक सम्मको चक्रपथलाई प्लास्टिक मुक्त सडक बनाउनका लागि एक दर्जन जति  डोको राखेर पाल्ष्टीकमुक्त चक्रपथ बनाउन अभियान पनि चलाइरहेको छ । त्यस बाहेक संस्थाले आगामी दीनमा  स्थानीय सरकार सँगको सहकार्य तथा बजार वासीहरू समेतको समन्वयमा उक्त सडकलाई   हरित सडकको रूपमा  विकास गर्ने फलफलु लगायत विभिन्न जातको बिरुवा रोप्ने तयारी गरिरहेको पनि संस्थाका संयोजक कृष्णहरि बुढाथोकीले सो बारेमा जानकारी दिनुभयो । 

Share39Tweet25Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ कार्तिक २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ कार्तिक २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ कार्तिक २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ कार्तिक २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२ कार्तिक २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२ कार्तिक २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero