Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा भत्ता पाउने अपाङ्ग ३ सय ७२ बाट १ सय ८६ मा झरे

नेपाल अभियान नेपाल अभियान
२० कार्तिक २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
106
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० कार्तिक । रामेछाप नगरपालिका बाट सामाजिक सुरक्षा बापतको रकम लिँदै आएका अपाङ्गहरू ३ सय ७२ बाट १ सय ८६ मा झरेका छन् । नगरले नगर भरिका अपाङ्ग भएका व्यक्तिहरूका लागि ८ दिन लगाएर  जिल्ला अस्पताल रामेछापमा सञ्चालन गरेको अपाङ्ग परिचय पत्र अद्यावधि शिविरबाट यस अघिको सङ्ख्यामा गिरावट आई परिचय पत्र  उक्त सङ्ख्यामा झरेको हो । 

हाल सम्म रामेछाप नगरले नगर भित्रका क र ख वर्गको परिचय पत्रका आधारमा कुल ३ सय ७२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा बापतको भत्ता दिँदै आएको थियो । यसमा नगरले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि  विभेद गरेर भत्ता वितरण गरेको भन्दै सर्व साधारका नाममा अख्तियार दुरुपयोग आयोगमा   उजुरी परेपछि नगरले परिचय पत्र अद्यावधि गर्न विशेषज्ञ चिकित्सक सहितको  शिविर सञ्चालन गरेको थियो । 

एक हप्ता लामो परिचय पत्र अद्यावधि शिवीरले सङ्घीय सरकारले तयार गरेको मापदण्डका आधारमा गरिएको परीक्षणबाट हाल भत्ता पाउँदै आएका अपाङ्ग हरूको सङ्ख्या ३ सय ७२  बाट  झरेर १ सय ८६ मा झरेको हो । जस मध्ये क वर्गको रातो परिचय पत्र पाउने ६० जना र ख वर्गको निलो परिचय पत्र पाउने अपाङ्ग हरूको सङ्ख्य १ सय २६ रहेको छ । त्यसैगरि भत्ता नपाउने ग वर्गको पहेँलो परिचय पत्र पाउने ५५ र घ वर्गको सेतो परिचय पत्र पाउने हरू ३० जना रहेका छन् भने १४ वटा परिचय पत्र भने सबै कागजात नपुगेका कारण रोकिएको छन् । 

 गणतन्त्र प्राप्ति पछि भएको पहिलो स्थानीय निर्वाचन सँगै कार्यभार सम्हालेका  जन प्रतिनिधीहरुले कार्यपालिकाको बैठक वाट कार्यविधि परिमार्जन गरेका थिए ।  रामेछाप नगर कार्यपालिकाले बहकिएर  सङ्घीय सरकारले बनाएको अपाङ्गता कानुन विपरीत निर्णय गरेर  कार्यविधि नै परिवर्तन गरेपछि रामेछाप नगरपालिका भित्र क र ख वर्गको अपाङ्ग परिचय पत्र पाउनेको सङ्ख्यामा एकाएक वृद्धि भएको थियो । 

करिब २ महिना अघि नगरपालिकाले परिचय पत्र र भत्ता वितरणमा समेत अपाङ्ग हरूलाई  विभेद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सो उजुरी परेपछि अपाङ्ग नगर समन्वय समितिका पधाकिकारी र कर्मचारीहरूले अहिले पनि अख्तियारमा मुद्ध खेपी रहेका छन् । उजुरी पछि  पछि रामेछाप नगर कार्यपालिकाको बैठकले अघिल्लो नेतृत्वले  थप गरेको कार्यविधि खारेज गरी  यही साउन महिना देखिनै लागु हुने गरी अपाङ्ग भत्ता वितरणको काम स्थगन गरी  दसैँ लगत्तै विज्ञ चिकित्सक सहितको रोहवरमा परिचय पत्र अद्यावधि शिविर सञ्चालन गरेको नगर अपाङ्ग समन्वय समितिकी संयोजक तथा रामेछाप नगरकी उप प्रमुख बाला कुमारी कार्कीले बताउनु भयो ।

सङ्घीय सरकारले निर्माण गरेको कार्यविधिका आधारमा सञ्चालन गरिएको शिवीररमा यस अघि कायम भएका ३ सय ७२ जना सामाजिक सुरक्षा भत्ता पाउने अपाङ्गहरूको सङ्ख्या घटेर १ सय ८६ जना कायम भएको रामेछाप नगरकी महिला तथा वाल बालिका शाखाकी प्रमुख विमला शर्माले जानकारी दिनु भयो । शिविर पछि पनि परिचय पत्र निर्माणको कामले निरन्तरता पाउने भएकाले यसको सङ्ख्यामा वृद्धि हुन सक्ने अनुमान पनि शाखा प्रमुख शर्माले गर्नु भयो । नगर कार्यपालिकाले कार्यविधि खारेजी गरेसँगै  यस अघि बनेका सबै खाले अपाङ्ग परिचय पत्रहरूको औचित्य भने समाप्त भएको जानकारी पनि शर्माले गराउनु भयो । 

गत साउन महिना सम्म रामेछाप नगर भित्र क वर्गका अपाङ्ग २ सय ४० ख वर्गका अपाङ्ग १ सय ३२ ग वर्गका  अपाङ्ग ३१ जना र घ वर्गका २० जना मात्र रहेका थिए । तर एक हप्ताको परिचय पत्र अद्यावधि शिविर पछि सामाजिक सुरक्षा भत्ता पाउने अपाङ्गहरूको सङ्ख्यामा भने गिरावट आएको हो । यस अघिका हरेक वर्ष रामेछाप नगरपालिकाले आफ्नो नगर भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि वडा स्तर मानै पुगेर परिचय पत्र वितरण र आय आर्जनका विभिन्न काम सञ्चालन गर्दे आएको थियो । 

  सरकारहरूले क र ख वर्गका  अपाङ्गता भएका हरूलाई परिचय पत्रका आधारमा भत्तामा वृद्धि गरी क वर्गका लागि प्रति महिना २ हजार र ख वर्गका लागि १६ सय पुर्‍याए सँगै रामेछाप नगरमा पनि परिचय पत्र बनाउने अपाङ्ग हरूको सङ्ख्या वृद्धि भएको थियो  । 

Share42Tweet27Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० कार्तिक २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० कार्तिक २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० कार्तिक २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० कार्तिक २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० कार्तिक २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० कार्तिक २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero