रामेछाप ५ मङ्सिर । लामो समय देखि रामेछापका विभिन्न स्थानमा पुगेर सेवा दिँदै आएको पूर्वी अरनिको सेवा समितिले आफ्नो सेवालाई दुर्गम गाउँ सम्म जोडेको छ । उसले आज मङ्गलवारबाट आफ्नो सेवालाई रामेछाप जिल्लाको सबै भन्दा दुर्गम गाउँ गुम्दे ल र रामेछाप बजार देखि गोठ गाउँ हुँदै ओखलढुङ्गाका थप स्थान सम्म सञ्चालनमा ल्याएको हो ।
रामेछाप र ओखलढुङ्गाको अलावा दोलखा लगायतका विभिन्न जिल्लाका विभिन्न ठाउँमा पुगेर सुरुकै दिन देखि कष्टकर रूपमा सेवा दिँदै आएको अरनिको यातायात प्रलिले यात्रीहरु र स्थानीय सरकारले गरेको अनुरोधका आधारमा आफ्नो सेवालाई रामेछाप र ओखलढुङ्गाका विभिन्न स्थानमा थप गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको अरनिको यातायात प्रालिका रामेछाप इन्चार्ज सुवास फुयाँलले जानकारी दिनु भयो । अरनिले दोलखा रामेछाप र ओखलढुङ्गा जिल्लाका समेत विभिन्न स्थानमा सेवा विस्तार गर्ने गरी आन्तरिक गृहकार्य गरिरहेको पनि इन्चार्ज फुयाँलले जानकारी दिनुभयो ।
गत कार्तिक २७ गतेबाट औपचारिक रूपमा नियमित रूपमा मन्थली बाट चरिकोट हुँदै राजधानी काठमाडौँ सम्म नियमित सेवा सञ्चालनमा ल्याएको पूर्वी अरनिको यातायात प्रालिले मंगरवाट लागु हुने गरी रामेछापको गुम्दे ल र गोठपानी सम्म सेवा आरम्भ गरेको हो । जस अनुसार काठमाण्डौदेखि बाम्तिभण्डार चल्दै आएको बसले अबदेखि गुम्दे ल सम्म पुगेर नियमित रूपमा यात्रु लिएर भोली पल्ट बिहान ठाडो खोला सम्म ‘मेल’ ल्याई काठमाण्डौबाट गएको गाडीको यात्रु बोकेर भुसिङ्गा जानुपर्ने र पर्सिपल्ट भुसिङ्गाबाट सिधै काठमाडौँ पुुग्ने गरी रुट व्यवस्थापन गरेको छ । यस अगाडि दसैँ तिहारमा पनि अरनिले गुम्दे ल सम्म सेवा दिएको र मङ्गलवारबाट भने उक्त सेवाले निरन्तरता पाउने भएको हो ।
त्यसैगरि मंगलबार बाट लागु हुने गरी रामेछाप नगरपालिका वडा नं १ गोठ पानीमा पनि काठमाण्डौबाट गोठपानी, गोठ गाउँ, क्यु लिई गएको बस सालुपाटीमा आई मेल दिई फर्कने गरेकोमा अबदेखि ओखलढुङ्गाको चिउरी डाँडा क्युको बस आएपछि त्यस गाडीको मेल लिई सालुको च्याउँके ठाँटी हुँदै रामेछाप बजारमा पुगि दिनको २ ः ३० बजे रामेछाप बजारबाट सालुपाटी बजार हुँदै पुरानै नियम अनुसार आफ्नो गन्तव्यमा गई बस्नु पर्ने सदस्य सचिव थापाले लिखत रूपमा निर्देशन दिनु भएको छ ।
त्यसैगरि प्रालीले आफ्नो सेवालाई आज मङ्गलवार बाटै लागु हुने गरी रामेछापको कल्लेरी मोडबाट शिषन्दु हुँदै सिरिसे भएर गाम्नाङटार जाने र फर्कँदा पनि सोही रुट हुँदै फर्कनुपर्ने व्यवस्था मिलाइएको छ । यदि प्रालिले दिएको निर्देशन अनुसार अरनिको बसले तोकिएको रुटमा नियमित नगरेको पाईएमा प्रालिको नियम अनुसार प्रति प्रकट प्रति बस १० हजार रुपैयाँका दरले जरिवाना गरिने जानकारी समेत प्रालिले गराएको छ ।











यो बारेमा तपाईको प्रतिकृया