Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गुणस्तरीय र निःशुल्क सेवा दिँदै  रामेछाप जिल्ला अस्पताल 

नेपाल अभियान नेपाल अभियान
७ मंसिर २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, स्वास्थ्य
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ६ मङ्सिर । सरकारी स्वास्थ्य  सेवामा  गुणस्तरीयता नहुने भन्दै नागरिकहरूले उपचार र स्वास्थ्य परीक्षणका लागि निजी अस्पताल धाउने प्रतिस्पर्धा चलिरहेको बेला जिल्ला अस्पताल रामेछापले भने आफ्नो सेवालाई लोभ लाग्दो बनाएको छ । एक दर्जन भन्दा बढी  चिकित्सक अनि सुन्दर भवन र पर्याप्त सेवा सुविधा भएको  जिल्ला अस्पताल रामेछापले विपन्न,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति र महिलाहरूलाई प्राथमिकता दिँदै आफ्नो सेवालाई  गुणस्तरीय र लोभलाग्दो बनाएको हो  । 

अस्पतालले आफ्ना सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राखी राजधानीका नाम चलेका सरकारी अस्पताल सरहको सुविधा दिँदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनु भयो । उहाँले अस्पतालमा उपचारका लागि आउने सेवाग्राही हरूको सेवामा कुनै पनि कमी आउन नदिन र सेवा बाट सर्वसाधारणको मन जित्नका लागि हामीले हेल्प डेक्स मार्फत आवश्यक सबै सहयोग पनि गर्ने व्यवस्था मिलाएको पनि बताउनु भयो । 

जिल्ला अस्पताल प्रदेश सरकारको मातहत गएसँगै पछिल्लो समयमा प्राप्त नियमित र  गुणस्तरीय स्वास्थ्य सेवाका कारण जिल्ला अस्पताल रामेछापमा सेवाग्राही बढ्न थालेका छन् । जसका कारण अस्पतालमा दैनिक १ सय देखि १ सय ५० सम्म बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।  भौतिक संरचना र उपकरणका साथमा विभिन्न विशेषज्ञ सेवा पनि थप भएसँगै अस्पतालको सेवा राम्रो भइरहेको मन्थली नगर पालिका वडा न ४ सालु बजारका सेवाग्राही राम श्रेष्ठले बताउनु भयो  ।उहाँका अनुसार पछिल्लो समयमा  अस्पतालले दिएको उत्कृष्ट सेवा सँगै अस्पताल प्रति नागरिकहरूको विश्वास बढ्दै गएको छ ।

                 अस्पतालमा आकस्मिक प्रसूतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखि प्रसूति सेवा लिनेको सङ्ख्या समेत बढेको छ । ३ वर्ष अघिको तुलनामा अहिले प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले बढेको अस्पतालको तथ्याङ्क छ । जुन सेवा लिनका लागि जिल्लाको अलावा छिमेकी जिल्ला ओखलढुङ्गा र सिन्धुली जिल्लाका विभिन्न ठाउँबाट सर्व साधारण आउने गरेको पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले जानकारी दिनु भयो । 

जिल्ला अस्पतालले सर्व साधारणलाई निःशुल्क स्वास्थ्य बिमा सँगै हप्ताको एक दिन शुक्रवार नागरिक सँग मुख्यमन्त्री सहयोग कार्यक्रम अन्तर्गत मुटु, मिर्गौला,मधुमेह,पेट लगायतको निशूल्क परीक्षण सँगै उपचार पनि  निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । त्यसैगरि अस्पतालले  भदौ १ गतेदेखि जनरल शय्या र अस्पतालमा भर्ना भएका बिरामी हरूका लागि खाना  समेत  निःशुल्क रूपमा खुवाउने व्यवस्था मिलाइँदै आएको छ । अस्पतालले आफ्नो सेवा विस्तार सँगै  पछिल्लो समय विशेषज्ञ डाक्टरसहितको उपचार सेवा पनि  सुरु गरेको छ । त्यसका लागि अस्पतालमा एक दर्जन भन्दा बढी चिकित्सकहरूले नियमित सवा दिँदै आएका छन्  ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठका अनुसार अस्पताले निःशुल्क रूपमा शल्यक्रिया सहितको प्रसूति सेवा सञ्चालनमा ल्याए सँगै हाल सम्म १ सय भन्दा बढी महिलाहरूको शल्यक्रिया मार्फत सुरक्षा रूपमा  बच्चा जन्माइएको छ । त्यसैगरि जिल्ला अस्पतालले जनरल ओपिडीका साथै प्रसूति शल्यक्रिया, अक्सिजनसहितको स्वास्थ्य सेवा, मिर्गौला रोगीहरूका लागि डाइलसिस सेवा साथै, हर्नियाँ, हाइड्रो सिल, दाँत र आँखाको उपचार  लगायतका स्वास्थ्य सेवा समेत प्रवाह गर्दे  आएको  छ ।

त्यसैगरि अस्पतालले सेवालाई प्रभावकारी र गुणस्तरीयता बनाउनका लागि सबै रोगहरूका लागि नयाँ, नयाँ उपकरण प्रयोगमा ल्याइएकाले पनि सर्व साधारणको स्वास्थ्य सेवा प्रति आकर्षण बढेको पनि डा श्रेष्ठले जानकारी दिनुभयो । त्यस बाहेक  अस्पतालले  भेन्टिलेटर मेसिन पनि ल्याई सकेकाले अब छिट्टै आइसियु सेवा पनि सुचारु गर्ने तयारी भइरहेको  छ । जिल्ला  अस्पताललाई  ५० शय्याको अस्पतालको रूपमा विकास गर्नै गरी थप प्रक्रिया समेत अघि बढाइ सकिएको छ ।  

अस्पतालको  सेवा लोभलाग्दो र प्रभावकारी बनाए सँगै यसको सेवालाई जिल्लाको गाउँ गाउँमा  र बाहिरी जिल्ला सम्म विस्तार गर्ने अभियानमा सहयोग पुर्‍याउन  अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले आग्रह गर्नुभयो । सेवामा आएको गुणस्तरलाई सर्व साधारण समक्ष पुर्‍याउने कार्यमा सहयोग पुर्‍याउन  पनि अध्यक्ष पाख्रिनले सरोकारवाला हरू सबैलाई आग्रह गर्नु भयो । अस्पतालले प्रदान गर्दे आएको सेवा सुविधालाई जनमुखी र जनमैत्री  बनाउनका लागि सदरमुकाम र स्थानीय सरकारका प्रमुख हरू र सरोकारवाला हरूसँग सुझाव र सहयोग लिएर काम गर्ने सोच अस्पतालले बनाएको जानकारी पनि अध्यक्षले जानकारी दिनुभयो । 

Share20Tweet13Share4

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

७ मंसिर २०८०, बिहीबार
रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र
समाचार

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

७ मंसिर २०८०, बिहीबार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

७ मंसिर २०८०, बिहीबार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

७ मंसिर २०८०, बिहीबार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

७ मंसिर २०८०, बिहीबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

७ मंसिर २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.