Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कर दिवसमा  नवजागरण साकोस र ओम स्टोर्स सम्मानित

नेपाल अभियान नेपाल अभियान
७ मंसिर २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ मङ्सिर । १२ औँ राष्ट्रिय कर दिवस सप्ताहको अवसर पारेर  करदाता सेवा कार्यालय मन्थलीले नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थली र ओम स्टोर्स एण्ड सप्लायर्स मन्थलीलाई एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ । सो अवसरमा नवजागरण सहकारीको सम्मान पत्र सहकारीका अध्यक्ष श्याम थापा र सचिव सोमेश थापाले संयुक्त रूपमा ग्रहण गर्नु भएको थियो भने ओम स्टोर्स एण्ड सप्लायर्सको सम्मान पत्र उसको प्रोप्राइटर लक्ष्मी थापाले ग्रहण गर्नु भएको थियो  । बिहीबार सम्मानित भएका व्यक्ति र संस्था विगतका वर्षहरूमा पनि सम्मानित हुँदै आउनु भएको थियो  । 

 सम्मानित साकोस र सप्लायर्सलाई दिवस समापनका दिन बिहीबार प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमका प्रमुख अतिथि अनिता निरौलाले सम्मान गर्नु भएको हो । 

सो अवसरमा  प्रमुख जिल्ला अधिकारी निरौलाले नागरिकहरुले तीरेको करबाटै राज्यको विकासमा टेवा पुग्ने भन्दै सबै करदाताहरूले स्वतःस्फूर्त ढङ्गले कर तिर्ने वातावरण सृजना गर्नका लागि राज्यको भूमिका प्रभावकारी हुनु पर्नै बताउनु भयो । राज्यले ब्यवसायीहरुलाई व्यवसाय गर्नका लागि आवश्यक वातावरण निर्माण गर्नु पर्ने र व्यवसायीहरूले अनिवार्य रूपमा कर तिर्नका लागि  सम्मानित वातावरण निर्माण हुन पर्ने भन्दै त्यसको लागि आफूले सहयोग गर्ने बताउनु भयो । 

उहाँले उद्योग वाणिज्य क्षेत्रको सफलता र  नै राज्यका विकासको मेरुदण्ड भएको बताउनु हुँदै राज्यको तर्फबाट  कर प्रणालीमा र व्यवसायीहरूमा पनि सुधारको पाटो बाँकी रहेको भन्दै सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सुधार अभियानमा सामेल हुन पनि आग्रह गर्नु भयो । 

कार्यालयले जिल्लामा रहेका करदाता मध्य कार्यालयलाई  सबै भन्दा बढी आयकर तिर्ने  मध्य  बैङ्क तथा  वित्तीय संस्थाहरूबाट नवजागरण साकोस र र व्यक्तिगत कम्पनी तर्फ श्री ओम स्टोर्स एण्ड सप्लायर्सकी सञ्चालक लक्ष्मी थापा कार्कीलाई  सम्मान पत्रले सम्मान गरेको थियो  । सम्मानित संस्था र  व्यक्तिहरूले गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला भरिका कारोबारी करदाता मध्य सबै भन्दा बढी कर तिरेको आधारमा सम्मान पाएका  हुन् । 

कर दाता सेवा कार्यालय मन्थलीका प्रमुख एवं कर अधिकृत राजन मणि शर्माको अध्यक्षतामा भएको उक्त करदाता सप्ताह  कार्यक्रमका अवसरमा करदाता सेवा कार्यालय मन्थलीले विभिन्न सञ्चार माध्यमबाट कर सम्बन्धी जनचेतना मूलक कार्यक्रमको प्रचार प्रसार, रामेछाप नगरपालिकामा कर सम्बन्धी अभिमुखीकरण र उत्कृष्ट कर दाखिला गर्नेहरूलाई कार्यालय परिसर भित्र सम्मान गरी दिवस मनाएको जानकारी पनि गराउनु भयो । उहाँले आफ्नो कार्यालयमा आउने सेवाग्राहीहरूलाई कार्यालय सम्मानित र उत्कृष्ट सेवा दिन तयार रहेको भन्दै उक्त अभियानमा साथ दिन सबै सरोकारवाला पक्षलाई आग्रह गर्नु  भयो । उहाँले पछिल्लो समयमा करले भन्दा पनि  रहरले कर तिर्ने वातावरण बन्दै गएको  भन्दै सन्तोष पनि प्रकट गर्नु भयो । 

कार्यक्रमका अवसरमा सम्मानित संस्था नवजागरण सा कोसका तर्फबाट बोल्दै  अध्यक्ष श्याम थापाले राज्यले अन्य मुलुकहरूमा जस्तै कर लाई रहरको रूपमा तिराउने वातावरण सृजना गर्नु पर्ने र ब्यवसयीहरुले पनि करलाई आफ्नो अनिवार्य दायित्वको विषयका रूपमा लिने वातावरण सृजना गर्न पनि आग्रह गर्नु  भयो ।   

सो अवसरमा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेल र  रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापामगर लगायतका वक्ताहरूले पनि करदाताहरूले राज्यलाई तिर्ने करलाई रहरको रूपमा तिर्नु पर्ने वातावरण राज्य पक्षले सृजना गर्नु पर्ने धारणा राख्नु भएको थियो ।  

Share24Tweet15Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ मंसिर २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ मंसिर २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ मंसिर २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ मंसिर २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ मंसिर २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

७ मंसिर २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero