रामेछाप १७ मंसिर । रामेछाप नगरपालिका वडा नं ८ वावियाखर्कका उमेश घिमिरेले पुर्विय दर्शन् ( वेदान्त दर्शन )विषयमा विद्यावारिधि गर्नु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयले आईतबार प्रकाशन गरेको परिणाम अनुसार घिमिरे उक्त विषयमा विद्यावारिधि हाँसिल गर्न सफल हुनु भएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयल वाल्मीकि विद्यापीठ वेदान्त विभागका उपप्राध्यापक समेत रहनु भएका घिमिरले रामेछाप जिल्लाबाट पुर्विय दर्शन वेदान्त विषयमा विद्यावारिधि गर्ने पहिलो ब्यक्तिको रुपमा आफुलाई स्थापीत गराउनु भएको छ । मध्यम परिवारमा जन्मीएर असाधारण प्रतिभाका धनीका रुपमा आफुलाई चिनाउँदै आएका डा उमेश घिमिरे धेरै मेहनत र कष्टकर जीवन पार गर्दे उक्त उपाधि हात लाउन सफल हुनु भएको हो । उहाँ अत्यन्तै सरल,सादगि र मृदुभाषि स्वभावको हुनुहुन्छ डाक्टर उमेश घिमिरेलाई हाम्रो तर्फबाट पनि शुभकामना ।
यो बारेमा तपाईको प्रतिकृया