रामेछाप । नेकपा एमालेले सुदूरपश्चिमबाट सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको छ । झुला घाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ नामकारण गरी आरम्भ गरिएको उक्त यात्रालाई नेकपा एमालेले नागरिकको घरदैलोमा पुगेर साक्षात्कार गर्दै साङ्गठनिक विस्तारका लागि पनि निकै महत्त्वपूर्ण रूपमा लिएको छ ।
सङ्कल्प यात्रा आज आइतबार काभ्रेको धुलिखेलमा आएर धुलिखेलमा बस्ने कार्य तालिका एमालेले तय गरेको छ । भोलि सोमबार काभ्रेबाट सिन्धुपाल्चोक ,दोलखाको चरिकोट हुँदै सङ्कल्प यात्रा’ अपराह्न ४ बजे रामेछाप सदरमुकाम मन्थली आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले रामेछापले जनाएको छ । समृद्धिका लागि सङ्कल्प यात्रालाई सफल बनाउन एमाले रामेछापले आवश्यक तयारी पूरा गरिसकेको एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो । जनतासँग एमालेको सम्बन्ध अझै बलियो बनाउन पार्टीले सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्रा महत्त्वपूर्ण हुने विश्वास लिएको एमालेले आफ्ना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा अभियानलाई निरन्तरता दिएको र समृद्धिका लागि सङ्कल्प यात्राका लागि एमाले रामेछापले पनि सबै तयारी पुरा गरी सकेको पनि एमालेले जनाएको छ ।
रामेछाप जिल्ला अभियानलाई सफल बनाउन एमालेले २५ गते सोमबार अपराह्न मन्थलीको तीनलाल पार्कमा कार्यक्रम राखिएको र बेलुकाका लागि टोली मन्थलीमा नै बास बस्ने व्यवस्था मिलाइएको पनि सचिव कडरियाले बताउनुभयो । समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा सङ्कल्प यात्रामा रामेछाप आएका सबै तहका नेताहरूलाई समृद्ध रामेछाप बनाउन अहिलेसम्म गरिएका काम, यहाँको विकास निर्माणको अवस्था, रामेछापको विकासका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको काम, विकास निर्माणमा देखा परेका समस्याहरूका बारेमा केन्द्रीय अध्यक्ष लगायतको टोली समक्ष ध्यानाकर्षण गराउने तयारी पनि एमाले पार्टीले गरेको छ ।











यो बारेमा तपाईको प्रतिकृया