Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भैसेसुर खानेपानीमा लोभलाग्दो एकता 

नेपाल अभियान नेपाल अभियान
२४ मंसिर २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ मङ्सिर । जिल्लाको नमुना खानेपानी उपभोक्ता समितिका रूपमा छुट्टै पहिचान बनाएको मन्थली नगरपालिका १ भैसेसुर खानेपानी जलउपभोक्ता तथा सर सफाइ समितिमा लोभलाग्दो एकता छ । समिति र उपभोक्ता बिचको एकताकै कारण उक्त उपभोक्ता समिति उत्कृष्ट काम गर्न पनि सफल भएको छ । कारण उक्त समिति आफ्नो सेवामा पनि अब्बल साबित भएको छ । समितिको समन्वयी ब्यवहार र काममा भएको पारदर्शी र  उसको सक्रियताका कारण उपभोक्ताहरूले पनि समितिलाई जुनसुकै काममा जतिसुकै बेला पनि उत्साह पूर्वक सघाउँदै पनि आएका छन् ।   ।

स्थानीय तामाकोशि नदिवाट करिब २ किलोमिटर लामो दुरीबाट  लिफ्ट गरेर स्थानीय उपभोक्ताहरूले प्रयोग गर्दे आएको पानीको मुहानमा आएको समस्याको पहिचान सँगै उक्त समस्या  सुल्झाउन उक्त उपभोक्ता समितिका पदाधिकारी हरू र उपभोक्ता हरूले तीन रात सम्म नसुतेर पानी तान्न सफल भएको समितिका कोषाध्यक्ष सिताराम कार्कीले बताउनु भयो ।  

 समितिको पारदर्शी  नेतृत्वको समन्वयी व्यवहारबाट उत्साहित  उपभोक्ताहरूले सरकारी र अरू कसैको सहयोग विना  तीन दिन तीन रात लगाएर खानेपानिको समस्या समाधान गरेका थिए । गत वर्ष पनि यहाँका उपभोक्ताहरूले मध्य दसैँमा पनि यस्तै खालको दुःख गरेर पानी खान सफल भएको पनि कोषाध्यक्ष कार्कीले बताउनु भयो । 

  गत शुक्रवार  खानेपानी तानिरहेको पम्प एकाएक बिग्रिएर पानी आउन छाडेपछि समितिले त्यसको सूचना तत्काल आफना उपभोक्ताहरुलाई गर्यो । समितिले गर्दे आएको राम्रो कामका आधारमा उसले गरेको  आग्रहलाई मिनेटमा स्वीकार गरेका उपभोक्ताहरूले शुक्रवार रातभर लगाएर पानी तान्ने पम्पको समस्या पत्ता लगाएर उक्त पम्प बल्ल तल्ल वाहिर निकालेका थिए । 

तमाकोशि नदि देखि लिफ्ट गरी तानीएको पानी नआएपछिको खानेपानीको अभावलाई पुरा गर्नु समितिको दायित्व भएपनि शनिवार राति नै समितिका कोषाध्यक्ष सिताराम कार्कीको नेतृत्वमा उपभोक्ताहरूको एक टोलीले काठमाडौँ पुगेर  पानी तान्ने पम्प र आवश्यक सामाग्री खरिद गरेर ल्याएको थियो । उपभोक्ताहरूले तीन दिन तीन रात खटेर समस्या समाधान गरेपछि आज आइतबार देखि  उपभोक्ताहरूले नियमित रूपमा पानी खान पाएको अगुवा उपभोक्ता नारायण बस्नेतले बताउनु भयो । आफ्नै कार्यालयको भवन र करिब २ सय उपभोक्ता रहेको उक्त समिति मुद्धति खातामा मात्र ५० लाख रुपैयाँ बचत गर्न सफल भएको  छ भने उसले न्युनतम १० हजार तीन सय लीटर पानी सम्म उपयोग गर्ने उपभोक्तालाई खानेपानी महसुल पनि निःशुल्क गरेको छ ।  

 मुहानमा देखिएको समस्याको पहिचान गरी तीन रात तीन दिन लगाएर युवा उपभोक्ताहरूले गरेको  सहयोगका लागि समितिले सबै उपभोक्ताहरू प्रति हार्दिक आभार पनि प्रकट गरेको छ । 

Share24Tweet15Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२४ मंसिर २०८०, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ मंसिर २०८०, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२४ मंसिर २०८०, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२४ मंसिर २०८०, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२४ मंसिर २०८०, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२४ मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.