Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले रामेछापले सङ्कल्प अभियानका ५सय नेता कार्यकर्तालाई नागरिकको घरमा राख्ने तयारी 

नेपाल अभियान नेपाल अभियान
२५ मंसिर २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले रामेछापले सङ्कल्प अभियानका ५ सय नेता कार्यकर्ताहरुलाइ नागरिकको घरमानै राख्ने व्यवस्था मिलाएको छ । सो कुराको जानकारी  उसले सोमबार बिहान मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी गराएको हो ।

एमालेले  मङ्सिर १४ गत बैतडीको झुला घाट स्थित महाकाली नदी किनारबाट  सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्रा सोमबार साँझ रामेछापको सदरमुकाम मन्थली आईपुग्ने जनाउ दिन र त्यसका लागि सबै तयारी पुरा भएको विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।  

 एमालेले जनता संग प्रत्यक्ष जोडिने मुख्य उद्देश्यले झुला घाट–चिवाभञ्ज्याङ मध्य पहाडी पुष्पलाल लोक मार्गको यात्रा आज दिउँसो दोलखाको चरिकोट हुँदै साँझ मन्थली आइपुग्ने जानकारी पनि  एमालेले गराएको छ ।

सोमबार बिहान एमाले रामेछापले पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत अभियानका लागि जिल्लाले सबै तयारी पुरा गरेको जानकारी गराएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको अभियान  अन्तर्गत एमालेले करिब ५ सय जना नेता तथा कार्यकर्ताका लागि खानपान र बास लगायत आवश्यक सबै तयारी गरी सकेको छ ।   आज रामेछापको लागि काभ्रेको धुलिखेलबाट हिँडेको सङ्कल्प यात्राको टोलीलाई एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको टोली सहितका नेता तथा कार्यकर्ताहरूले  दोलखा जिल्लाको समिना मिल्ती खोलामा पुगेर स्वागत सहित स्कटिड गरेर मन्थली सम्म ल्याउने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराएईएको थियो । 

नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पत्रकार सम्मेलनमा दिनु भएको जानकारी अनुसार टोली दोलखाको चरिकोटमा दिउँसो सभा सकेर अध्यक्ष ओली नेतृत्वको टोली मन्थलीमा आएर बास बस्ने कार्यक्रम रहेको छ । टोलीका लागि स्थानीय तीनलाल पार्कमा खाना खाने र  सन्देश सभा राखिएको छ । अपराह्न चार बजेबाट सुरु हुने सांस्कृतिक कार्यक्रममा विभिन्न झाँकी सहितको ब्यवस्थापनि एमालेले गरेको छ । 

अभियानमा सरिक  केन्द्रीय नेताहरूलाई सकेसम्म नेता कार्यकर्ताकै घरमा बास राख्ने योजना बनाइ सोही अनुसारको तयारी गरिएको श्रेष्ठले बताउनुभयो । ‘अटेसम्म नेता, कार्यकर्ताको घरमा बास राख्छौँ, नअटेकालाई मात्र होटेलमा राख्ने व्यवस्था मिलाएका छौँ, यसबाट नेता, कार्यकर्ता बिचको सामिप्यता बढ्ने विश्वास पार्टीले  लिएको पनि पत्रकार सम्मेलनमा  श्रेष्ठले बताउनु भयो । 

पार्टीले मंसिर २६ गते मङ्गलवार बिहान  ८ बजे अभियानको बारेमा जानकारी दिने लिने र सर्वसाधारणका गुनासाहरू आए मौखिक र समय नरहे लिखित सुझाव लिने उदेयश्यका साथ मन्थली नगरपालिकाको हलमा  सर्वदलीय र सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर टोलीलाई मङ्गलवार बिहान   सिन्धुलीको खुर्कोटमा पुगेर सिन्धुली शाखालाई हस्तान्तरण गर्नै कार्यक्रम पनि पार्टीले तय गरेको छ । अभियान खुर्काेटपछि  घुर्मी प्रस्थान गर्ने छ । मङ्गलवार घुर्मीका लागि तय गरेको जनसभा सकेर अभियान कोशी प्रदेश तर्फ अघि बढ्ने कार्यक्रम रहेको जानकारी पनि सो अवसरमा गराइएको थियो । 

एमाले अध्यक्ष ओलीको नेतृत्वमा सवार अभियानमा  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, सचिव लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि सङ्कल्प यात्रामा रहनु भएको छ ।  मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गर्ने  कार्यक्रम पनि एमालेले तय गरेको छ ।

Share23Tweet14Share4

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

२५ मंसिर २०८०, सोमबार
तालिम सुरु
समाचार

तालिम सुरु

२५ मंसिर २०८०, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२५ मंसिर २०८०, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२५ मंसिर २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२५ मंसिर २०८०, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२५ मंसिर २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.