Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरले दियो  मेल मिलापकर्तालाई पुर्नताजगि तालीम

नेपाल अभियान नेपाल अभियान
२७ मंसिर २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
46
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २७ मङ्सिर । रामेछाप नगरपालिकाले आफ्नो नगरभित्र रहेका सूचीकृत मेल मिलापकर्ताहरूका लागि मेल मिलाप सम्बन्धी पुर्नतार्जगि तालीम उपलब्ध गराएको छ । नगर न्यायिक समितिको आयोजनामा बुधवार बिहीबार गरी दुई दिन सम्म सञ्चालन गरिने उक्त तालीममा नगरका सबै वडाबाट गरी करिब ५५ जना मेलमिलापकर्ताहरूको सहभागिता रहने छन्  । 

कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले मेल मिलापको माध्यमबाटै संवृद्धिको यात्रा तय हुने भएकोले मेल मिलापकर्ताहरूले  समन्वयी र निष्पक्ष भएर काम गर्नू पर्ने बताउनु भयो । गाउँमा हुने स साना विवादलाई निराकरण गर्नको लागि मेल मिलापकर्ताहरूको मुख्य हात हुने भएकोले दुवै पक्षलाई जित जीतको  वातावरण सृजना गराएर मेल मिलाप कायम गर्न पनि मेल मिलापकर्ताहरूलाई आग्रह गर्नू भयो ।

सो अवसरमा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र घिमिरेले तालीम प्राप्त  मेल मिलापकर्ताहरू नगरको गहना भएको भन्दै उहाँहरूले व्यवहार र स्वभावले  नगरको सुशासनमा टेवा पुग्ने बताउनु भयो । उहाँले त्यसका लागि सबै मेल मिलापकर्ताहरूलाई सकारात्मक सोचका साथ काम गर्न पनि आग्रह गर्नु भयो । मेल मिलापका लागि द्वन्द्वको कारण  पहिचान गरी उनीहरूका बिचमा गरिने निष्पक्ष व्यवहार बाट मात्र मेलमिलापको विन्दुमा पुग्न सबै मेल मिलापकर्ताहरूलाई  आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रामेछापका जिल्ला अध्यक्ष बद्री नयाँघरेले मेल मिलापकर्ताहरू परिवर्तनका संवाहक भएको भन्दै उनीहरूले सम्पादन गर्ने कुनै पनि काममा खोट देखिन नहुने भन्दै मेल मिलापकर्ताहरूले समाजमा देखिएको विवादहरूलाई समन्वयात्मक तरिकाले समाधान गर्नु पर्ने बताउनु भयो । 

नगर प्रमुख एवं न्यायिक समितिकी संयोजक बाल कुमारी कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त तालीमको उद्घाटन सत्रमा रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दे  न्यायिक समिति र नगरका मेल मिलापकर्ताहरूले गरेको कामको प्रशंसा गर्नु भयो । सो अवसरमा उहाँले  रामेछाप नगरपालिका भित्र रहेका मेल मिलापकर्ताहरूलाई सचेत र ईमान्दार  भएर आफ्नो काममा लाग्न आग्रह गर्नु  भयो । उहाँले न्यायिक समिति र मेल मिलापकर्ताहरूले गरेका सबै काम निष्पक्ष र पारदर्शी हुनु पर्ने भएकोले नगरले आफ्नो नगर भित्रका सूचिकृत मेल मिलापकर्ताहरूलाई काममा थप अब्बलता ल्याउनका लागि पुर्नताजगि तालीम दिन लागिएको बताउनु भयो । 

तालीममा जिल्ला अदालतका श्रेष्तेदार मधुसूदन आचार्य,मेल मिलाप विज्ञ हिमाल ढुङ्गेल र कानुनी सल्लाहकार लोकहरि दाहालले सहजिकरण गर्नु भएको थियो । बिहीबार सम्म सञ्चालन हुने तालीमको अन्तमा बिहीबार न्यायायीक समितिकी संयोजक वाल कुमारी कार्कीले रामेछाप नगरभित्र मेल मिलापकर्ता र न्यायिक समितिले गरेको कार्य प्रगतिका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । रामेछाप नगर भित्र सूचिकृत मेल मिलापकर्ताहरू ५१ जना र अन्य मेलमिलापकर्ताहरू १ सय ५० जना गरी करिब २ सय जना तालीम प्राप्त मेल मिलापकर्ताहरू  रहेका छन् । 

Share18Tweet12Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ मंसिर २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ मंसिर २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ मंसिर २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ मंसिर २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ मंसिर २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ मंसिर २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero