Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिसापानीमा १ करोड ३५ लाखको भवनको  प्रमुखद्वारा उद्घाटन

नेपाल अभियान नेपाल अभियान
२९ मंसिर २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
148
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ मङ्सिर ।  मन्थली नगरपालिका वडा नं –८ चिसापानीका निर्मित  वडा कार्यालय भवनको शुक्रवार  उद्घाटन गरिएको छ । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका बिच  भवनको उद्घाटन गर्नुभएको हो  । 

 कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख लव श्रेष्ठले मन्थली नगरपालिका भित्रको समृद्धिका लागि सबै पक्षको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनु भयो । उहाँले त्यसका लागि  चौथो वडा कार्यालयको भवनले उद्घाटन सँगै सेवा आरम्भ गरेकोमा आफूलाई खुसी लागेका बताउनु भयो । नगरका १४ मध्ये यो सँगै ४ वटा वडा कार्यालयले आफ्नो भवन पाएको भए पनि अरू १० वटा अहिले सम्म भाडाको घरमै रहेर कार्य सम्पादन गर्दे अएकोले अन्य वडाहरूमा पनि क्रमशः भवन  बन्दै   जाने विश्वास दिलाउनु भयो ।

भवनको निर्माण सँगै शिक्षा , कृषि र पर्यटनको विकासलाई नगरपालीकाले विकास र समृद्धिको आधारशिला भनेकोले यसमा सहयोग गर्न सबै नगरवासीहरूलाई आग्रह गर्नु भयो । उहाँले नगरको संवृद्धिका लागि आफूले सबैसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताउनुभयो । उहाँले नगरपालिका विकास सँगै सुशासन प्रति पनि गम्भीर रहेकोले नगरको काममा ढिला सुस्ती र समस्या  भएको पाइए आफूलाई भन्न पनि आग्रह गर्नु भयो । उहाँले नगरपालिकामा  सङ्घीय र प्रदेश सरकार मार्फत सञ्चालित योजनाको काममा ढिलाइ भएको  प्रति गुनासो गर्नु हुँदै  ती योजनाका काम लाई जसिक्दो चाँडो काम सक्न पनि  श्रेष्ठले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले नगरको विकासको काममा राजनीतिबाट माथि उठ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।  

भवन उद्घाटन कार्यक्रममा बोल्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले अबको दिनमा सेवामा गुणस्तर ताको खोज गर्न आग्रह गर्नु भयो । व्यवस्थाको परिवर्तन सँगै भौतिक विकासमा मुलुकले ठुलो फड्को मारिसकेकोले सरकारी लगायतका सबै क्षेत्रलाई गुणस्तरीय सेवा लिन र दिनका लागि लागि पर्न आग्रह गर्नु भयो ।  नागरिक सचेत हुँदा मात्र सेवाको गुणस्तर सुधार हुने भएकोले आम नागरिकहरूलाई सचेत नागरिकको भूमिका निर्वाह गर्नका लागि पनि प्रजिअ निरौलाले आग्रह  गर्नुभयो । 

कूल १ करोड ३५ लाख रुपैयाँको लागतमा बनेको दुई तले सो भवन निर्धारित समय भन्दा अगाडि नै निर्माण सकिएको छ । आउने असोज महिनासम्म निर्माणको समय भए पनि निर्धारित समय अघि काम सकिएको हो ।

कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले नगरले आरम्भ गरेको सम्बृद्धिको यात्रालाई सफल पार्ने अभियान अन्तर्गतै वडा कार्यालयको भवन बनेको भन्दै त्यसका लागि नेपाल सरकार ,नगरपालिका र स्थानीय नागरिकहरूलाई समेत धन्यवाद दिनु भयो । सम्झौता मिति भन्दा १० महिना अघि नै निर्माण व्यवसायीले काम सकेको भन्दै उहाँलाई पनि धन्यवाद दिनु भयो ,उहाँले आफूले पदमा रहँदा सुशासनको लागि कुनै र कसैसँग पनि सम्झौता नगर्नै भन्दै वडाको विकासका लागि  स्वच्छ र पारदर्शी हिसाबले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आफ्नो भिजन र मिसन सकारात्मक र वडामैत्री रहेको कुरालाई नागरिकहरूलाई  बुझिँदिन पनि उहाँले  आग्रह गर्नुभयो । म स्थानीय नागरिक र राजनितक दलका साथीहरूलाई पनि वडाको विकास अभियानमा देखे भोगेका गल्ती कमजोरी भए हाका हाकी भनेर र सुझाव दिएर सहयोग गर्न पनि आग्रह गर्दछु ।  

कूल १ करोड ३५ लाख रुपैयाँको लागतमा बनेको द.साँढे २ तले सो भवन निर्धारित समय भन्दा १० महिना अगाडि नै निर्माण सकिएको भन्दै वडाले निर्माण व्यवसायी मनु चौलागाईलाई कदर पत्रले सम्मान पनि गरेको थियो । 

कार्यक्रममा सघन शहरी विकास  कार्यालयका प्रमुख,जिल्ला पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे ,मन्थली ७ का वडा अध्यक्ष भुवनहरि प्रसाईँ स्थानीय राजनीति दलका नेताहरू नेकाका ओम पुरी र एमालेका भुवन कुमार श्रेष्ठ लगायतले पनि वडाको भवन निर्माणको कामले अध्यक्ष र वडावासीको शिर उँचो बनाएको भन्दै भवन पछि सुशासनको क्षेत्रमा ध्यान दिएर अघि बढ्नका लागि पनि वडा अध्यक्षलाई सुझाव दिनु भएको थियो  । 

Share59Tweet37Share10

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ मंसिर २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ मंसिर २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ मंसिर २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ मंसिर २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ मंसिर २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ मंसिर २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero